विचार

राजनीतिक ठगी : प्रधानमन्त्रीको उपाधि बेच्नेदेखि गाउँलेलाई सैनिक विमानमा घुमाउनेसम्म

By संकेत कोइराला

August 25, 2024

विश्वका सबै राजनीतिक नेतृत्वले देशलाई सुशासनमार्फत समृद्धिको बाटोमा लैजाने संकल्प गर्छन्। तर इमानको कसीमा खरो उत्रन राजनीतिज्ञहरुलाई फलामको च्यूरा चपाउन सरह हुन्छ।

सत्तामा रहँदा नेताले गर्ने लहडी र सन्की निर्णयबाट त्यस देशका पुस्तौं पुस्ताका जनताले पिल्सिनुपरेको उदाहरण छन्। अरु त अरु आर्थिक समृद्धिको कायापलट गर्न सफल विश्वको सर्वशक्तिशाली देश अमेरिका र प्रजातन्त्रको जननी मानिने बेलायत पनि सन्की नेताहरुको चपेटामा परेर जनताले दुरावस्था झेल्नुपरेको विगत छ।

विश्वकै सर्वशक्तिमान व्यक्तिको रुपमा रहेको अमेरिकी राष्ट्रपति त्यति भ्रष्ट हुनसक्छ भन्ने सोच्न कठिन हुन्छ । तर ४६ र ४७ औं राष्ट्रपति रिचार्ड निक्सन सम्भवत विश्वकै सर्वाधिक भ्रष्ट र नैतिक पतीत राजनीतिज्ञ दरिएका छन्। त्यसैले त अमेरिकाको २ हजार वर्षको इतिहासमा पहिलोपल्ट महाअभियोगको तयारी भइरहँदा लज्जास्पद ढंगबाट बर्हिगमित हुनुप-यो।

रिपब्लिकन पार्टीबाट सन् १९६८ मा पहिलो पटक राष्ट्रपति पदका लागि निर्वाचित निक्सनको चरम महत्वाकांक्षाले इतिहासमै सबभन्दा भ्रष्ट शासकको टीका लगाउनुप-यो। वाटरगेट काण्डको पर्दाफास भएपछि उनका अन्य कुकृत्यहरु एकपछि अर्को सार्वजनिक हुँदै गए।

रिपब्लिकन पार्टीबाट सन् १९६८ मा पहिलो पटक राष्ट्रपति पदका लागि निर्वाचित निक्सनको चरम महत्वाकांक्षाले इतिहासमै सबभन्दा भ्रष्ट शासकको टीका लगाउनुप-यो। वाटरगेट काण्डको पर्दाफास भएपछि उनका अन्य कुकृत्यहरु एकपछि अर्को सार्वजनिक हुँदै गए। संसदमा राष्ट्रपति निक्सन विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि राष्ट्रपति निक्सनकै रिपब्लिकन पार्टीका १० सिनेटरले उनलाई साथ दिएनन। पार्टी अध्यक्ष नै निक्सन विरुद्ध उत्रिए। उनले प्रष्ट शब्दमा उद्घोष गरे- ‘सिनेटले राष्ट्रपतिमाथि महाभियोग लगाउने छ।’

९ अगस्ट १९७४ मा राष्ट्रपति निक्सनले बाध्य भएर राजीनामा गरेपछि उपराष्ट्रपति जेराल्ड फोर्ड अमेरिकाका नयाँ राष्ट्रपति भए। उनले आफू राष्ट्रपति हुनासाथ निक्सनमाथि कुनै मुद्दा नचलाउने घोषणा गरे। निक्सन पहिलोपल्ट राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी पत्रपत्रिकाहरुले गोप्य सरकारी दस्तावेजहरु प्रकाशित गर्न थाले। यसरी सरकारी दस्तावेज छाप्ने कामको श्रीगणेश ‘न्यूर्योक टाइम्स’ पत्रिकाले ग-यो।

सरकारी गोप्य सूचना छापासम्म पु-याउने व्यक्तिको खोजीका लागि राष्ट्रपति निक्सनले एक गोप्य संयन्त्र तयार गरे। उनलाई आफ्ना निकट सहयोगीप्रति पनि विश्वास रहेन। हरेक क्षेत्रमा उनका शत्रु नै शत्रु देखा पर्न थाले। त्यसैले आफ्ना निकट सहयोगीप्रति पनि विश्वास टुट्दै गयो। हरेक क्षेत्रमा उनका शत्रु नै शत्रु देखा पर्न थाले। त्यसैले आफ्ना निकट सहयोगीहरुलाई उनले एकपटक भनेका थिए- ‘मेरा कोही पनि मित्र छैनन।’ राष्ट्रपति र उनका सहायकहरुले सत्ता र शक्तिलाई अमेरिकी नागरिकहरुको विरुद्ध जासुसीका लागि प्रयोग शुरु गरे।

सन् १९७१ को अन्ततिर राष्ट्रपति भवन ह्वाइट हाउसमा राजनीतिक जासुसी गर्न एउटा टीम बनाइयो। त्यसको नाम ‘प्लम्बर्स’ राखिएको थियो। निक्सनले आफ्ना विरोधीहरुलाई सन् १९७२ मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा परास्त गर्न योजना तयार गर्ने कार्यका लागि १० लाख अमेरिकी डलर खर्च गरे। विरोधीहरुको पत्ता साफ गर्ने उद्देश्यले तयार गरिएको योजनामा वेश्या र इलेक्ट्रोनिक जासुसीको समेत व्यवस्था गरियो।

सन् १९७१ को अन्ततिर राष्ट्रपति भवन ह्वाइट हाउसमा राजनीतिक जासुसी गर्न एउटा टीम बनाइयो। विरोधीहरुको पत्ता साफ गर्ने उद्देश्यले तयार गरिएको योजनामा वेश्या र इलेक्ट्रोनिक जासुसीको समेत व्यवस्था गरियो।

आफ्ना प्रतिद्वन्द्वीका रुपमा रहेका डेमोक्रेटिक पार्टीका राष्ट्रिय अध्यक्ष लारेनस ओब्रायनको वाटरगेटस्थित कार्यालयमा प्लम्बर्सका सदस्यहरुले विशेष निगरानी राख्न शुरु गरे। २७ मे १९७२ मा प्लम्बर्स टीमका केही सदस्यहरुले वाटरगेटस्थित डेमोक्रेटिक पार्टीको कार्यालयमा पसेर अध्यक्षको बोली टेप गर्ने यन्त्र जडान गरे। ताकि डेमोक्रेटिक पार्टीको सम्पूर्ण नीति पत्ता लाग्न सकोस्।

प्लम्बर्सका सदस्यहरुले आफ्नो औंलाको छाप कुनै पनि वस्तुमा नपरोस् भनेर वाटरगेटमा जाँदा रबरको पञ्जा प्रयोग गरेका थिए। अन्ततः डेमोक्र्याटिक पार्टीका २४ वर्षीय सुरक्षा गार्ड फ्रेंक वालिसले त्यहाँ जडान गरेको टेप भेट्टाएपछि प्रहरीलाई खबर गरे। यसरी प्लम्बर्सका सदस्यहरुलाई रंगेहात पक्राउ गरियो।

मुख बन्द गराउन घुस निक्सनले राज्यकोषबाट एक करोड डलर खर्च गरेर आफ्ना विवाहित छोरीहरुका लागि विशाल बंगला बनाए। तर राष्ट्रपति भवनको घोषणामा उक्त रकममध्ये ५९ लाख डलर सशस्त्र सेनाको सुरक्षा प्रबन्धका लागि आवश्यक थियो। उपकरण किन्न ५ लाख ५० हजार डलर, कर्मचारी १० लाख ७ हजार र निक्सनको बिस्केनस्थित घरका लागि १४ हजार डलर खर्च गरेको हिसाव देखाइयो। त्यसैगरी राष्ट्रपति निक्सनले आफ्ना अर्का ज्वाइँ अइसन होवरको मेरिल्याण्डस्थित घरको लागि सुरक्षा व्यवस्था मिलाउन भनेर ३६ लाख ९० हजार डलर राज्यकोषबाट खर्च गरे।

घरगाउँले घुमाउन बोइङ निक्सनभन्दा पहिलाका अमेरिकी राष्ट्रपति लिन्डन वी जोहनसन सरकारी यात्रामा निस्कँदा उनकी पत्नी र छोरी सरकारी विमानमा कहिल्यै गएनन। उनीहरु निजी वा व्यवसायिक उडान प्रयोग गर्थे। उनीहरु प्रथम श्रेणीको टिकटमा पनि यात्रा गर्दैनथे। अर्का अमेरिकी राष्ट्रपति जोन अफ केनेडीका परिवारले पनि सरकारी सुविधा उपयोग गरेनन। राष्ट्रपति हेरी ट्रमेन सधैं भन्ने गर्थे- ‘यदि तपाईं आफूलाई राष्ट्रपति पदबाट अलग राख्न सक्नुहुन्न भने अवश्य पनि मुस्किलमा फस्नु हुनेछ।’ उनी आफ्नो निजी चिठीको टिकट समेत आफैं थुक लगाएर टाँस्ने गर्थे। आफ्नै पैसाले टिकट किन्थे।

निक्सनको पारा भने बेग्लै थियो। उनी आफ्नो क्लिमेन्टस्थित घरमा जाँदा पनि २७ वटा सरकारी जेट विमानमा राखेर दुई सय जना लिएर जान्थे।

निक्सनको पारा भने बेग्लै थियो। उनी आफ्नो क्लिमेन्टस्थित घरमा जाँदा पनि २७ वटा सरकारी जेट विमानमा राखेर दुई सय जना लिएर जान्थे। ती विमानहरुका अतिरिक्त दर्जनौं हेलिकोप्टर पनि उनको सेवामा हाजिर गराउनु पथ्र्यो। आफ्नो निजी भ्रमणमा पनि निक्सन आफ्ना कर्मचारी उनका पत्नी, गुप्तचर, नोकर, कुकुरसमेत साथमा लिएर जान्थे। त्यति मात्र होइन, सानोभन्दा सानो अनौपचारिक भ्रमणमा श्रीमती निक्सनको सेवा सुश्रुषा र श्रृंगार गर्नेको लाईन लगाउनुपथ्र्यो । सन् १९६९ देखि देखि सन् १९७१ को बीचमा राष्ट्रपति निक्सनले ३४१ उडानमा आफ्ना परिवार र साथीहरुलाई साथमा लगेका थिए। जसको सरकारी कामकाजमा कुनै सरोकार थिएन। निक्सनका छोरी र ज्वाईंहरु जहिले पनि निजी काममा सरकारी विमान प्रयोग गर्थे। निक्सन नै अमेरिकाका पहिलो राष्ट्रपति हुन, जसले घरपरिवार, आफन्त र शभेच्छुक घुमाउन सैनिक विमानको पनि प्रयोग गरे।

राष्ट्रपति निक्सनको कुकृत्य जति वर्णन गरे पनि अपुरो हुन्छ। आयकरको दुरुपयोग गर्नेदेखि आफ्नो आय मनमौजी राज्यकोषबाट छुट्याउने कलंकसमेत उनीमाथि लागेको छ। चुनावी कोषको दुरुपयोग गर्ने अमेरिकी राष्ट्रपतिको दुर्नाम पनि उनले व्यहोरेका छन्। चुनावका लागि अन्धाधुन्ध पैसा उठाउने र त्यसको हिसावकिताब नबुझाउनेको नेतृत्व पनि निक्सनले नै गरेका छन्।

बेलायतमा उपाधि बेच्ने ठग संसारमा यस्ता मानिस कमै होलान, जो यश, कीर्ति आर्जन गर्न अनिच्छुक हुन्। यही यश कीर्तिको माध्यमबाट नै मानिसहरु विभिन्न उपाधि सम्मान आर्जन गर्छन्। यही उपाधि र सम्मानका लागि मरिमेटेर लागि पर्नेहरुको संख्या कम छैन।

मानिसको यही कमजोरीलाई इङल्याण्डका मोण्डी ग्रेगरीले राम्रोसंग बुझेका थिए। ग्रेगरीको जन्म सन् १८७७ मा इङल्याण्डमा भएको थियो। उनका पिता हेम्पसायरमा रहेको चर्चका पादरी थिए। ग्रेगरी सानैदेखि जाली कुरा बुन्न माहिर थियो। उसको बोलाइको तौरतरिका बडो आकर्षक थियो। स्कुलमा पनि झूटा कुरा गरेर साथीहरुलाई उल्लू बनाउने सोख राख्थ्यो। उसको झुक्याउने शैली दैवी प्रदत्त प्रतिभाजस्तै लाग्थ्यो। यही स्वभावले उसलाई अन्ततः ठग बनायो।

सुरुमा त कुन पेशा अपनाउने भन्नेमा उसमा अन्योल देखियो। केही समय पढाउने काम ग-यो। तर पढाउनमा कुनै सोख थिएन। जीवनभर पढाए पनि आर्थिक हैसियत माथि नउठ्ने निश्चित थियो। अध्यापन पेशालाई विदा दिएर रंगमञ्चमा प्रवेश ग-यो। उसले अनेकौं राम्रा नाटकहरुमा स्तरीय अभिनय ग-यो। आखिर रंगमञ्च भनेको के हो ? अभिनय गर्ने मञ्च तथा अभिनेता केलाई भनिन्छ ? उ हरेक प्रकारको भूमिका निभाउन सक्छ, चाहे भूमिका उसको स्वभावअनुसारको होस् वा नहोस्। बस् , मानिसलाई वशिभूत बनाउँछ कि ऊ यस्तो प्रकारको मानिस हो। वास्तविकतामा ऊ नितान्त फरक पात्र थियो। उसको नजरमा ठग र अभिनेतामा एउटा जबर्जस्त समानता थियो। यी दुई पात्रहरुलाई विभाजन गर्ने रेखा अत्यन्त क्षीण थियो।

ग्रेगरीले सन् १९०७ मा लण्डनको चेरिङक्रस भन्ने ठाउँमा एउटा कार्यालय खोल्यो। उसलाई थाहा थियो कि यस माध्यमबाट उसको प्रभावशाली व्यक्तिहरुसंग चिनजान हुनेछ।

जसरी यो धारणा उसको मनमा उब्ज्यो, उसले आफ्नो जीवनलाई असली अभिनयतर्फ मोड्यो। ग्रेगरीले सन् १९०७ मा लण्डनको चेरिङक्रस भन्ने ठाउँमा एउटा कार्यालय खोल्यो। उसलाई थाहा थियो कि यस माध्यमबाट उसको प्रभावशाली व्यक्तिहरुसंग चिनजान हुनेछ।

कालान्तरमा उसले ती व्यक्तिहरुलाई मित्र बनाइ छोड्यो। भेटिएका मानिसलाई अनेकौं सुझाव, सल्लाह दिएर प्रसन्न बनाउँथ्यो। समस्याबाट कसरी मुक्त हुने भनेर अर्ती दिन्थ्यो। यसबाट आम्दानी त हुन्थ्यो तर त्यो सीमित आम्दानीले चित्त बुझाउँदैनथ्यो।

उसले विस्तारै आफ्नो कार्यक्षेत्रलाई विस्तार गर्दै लग्यो। ठूलाठूला राजनेता तथा व्यापारीहरुसंग उसको मित्रता भयो। ऊ सभ्रान्त व्यक्तिहरुको विश्वासपात्र बन्न सफल हुँदै गयो। विभिन्न क्षेत्रमा उसका शुभचिन्तकहरु बढ्दै गए। यिनै शुभचिन्तकहरुको विश्वासबाट फाइदा उठाउन उसले एउटा सानदार योजना बनायो।

यसको लागि हाउभाउयुक्त रहनसहन आवश्यक थियो। बाहिरी आकर्षणबाट नै उसकोमा ग्राहक तानिन्छन् भन्ने विश्वास उभित्र थियो। यसका लागि उसले पार्लियामेन्ट स्ट्रिटमा एउटा विशाल भवन भाडामा लियो। सो भवन ब्रिटिस प्रधानमन्त्री निवास डाइनिङ स्ट्रीटसंगै थियो। त्यस भवनमा उसले एउटा गज्जब व्यक्तित्व भएको जनसम्पर्क अधिकारी नियुक्त ग-यो। उसको कार्यकक्ष सबैले देख्ने गरी भवको बाहिरी हातामा राखिएको थियो। ग्रेगरी उसलाई सरकारी अधिकारीजस्तै देखिने पोसाक लगाइदियो।

आफ्नो नयाँ छवि प्रचार गर्न ग्रेगरीले एउटा पत्रिका निकाल्यो। उसले यस पत्रिकाको माध्यमबाट आफ्नो उद्देश्य सबैको अगाडि ल्याउने तय ग-यो। पत्रिकामा बेलायतमा हुने उच्च व्यक्तिका बारेमा खबर छापिन्थ्यो। यी सूचनामा ग्रेगरीले भेटेका मानिसहरुको इतिबृतान्त हुन्थ्यो। उसलाई ठूला ठूला व्यक्तिहरुको नाम बीच बीचमा लिने बानी परिसकेको थियो। ब्रिटेनका सभ्रान्त तथा प्रतिष्ठित व्यक्तिहरुलाई उनीहरुको नाम लिएरै बोलाउँथ्यो। त्यही अनुसारको हेप्ने भाषा प्रयोग गर्दै भन्थ्यो- ‘प्रधानमन्त्री लायडले भने….।’ कहिलेकाहीँ त उ यति स्वतन्त्र भएर भन्थ्यो कि मैले बिण्डीलाई भने…, पछि उ भन्थ्यो विण्डी ब्रिटेनको एक ठूलो प्रतिष्ठानको मालिक हो। ग्रेगरीको यो तरिका बडो अपरम्पारयुक्त र अनौठो थियो।

आफ्नो बृद्धि हुँदै गरेको लोकप्रियतालाई जाहेर गर्न उसले एउटा क्लब पनि स्थापना ग-यो, त्यसको नाम थियो- एम्बेस्डर। यसप्रकार उसले चालबाजी जाल फैल्याउँदै गयो। उक्त क्लब तथा प्रकाशनका सम्पूर्ण सूत्रहरु ग्रेगरीको हातमा हुन्थे। त्यहाँबाट प्रकाशित सबै खबर ग्रेगरीलाई थाहा हुन्थ्यो। यी सूत्रहरुले यस्ता मानिसहरु खोजेर ग्रेगरी कहाँ ल्याउँथें, जसलाई ऊ आफ्नो शिकार बनाउन सकोस।

चाँडै नै उसले आफ्नो वास्तविक कामको शुरुवात ग-यो। अब सोचेजस्तो चमत्कार देखाउने बेला भएको थियो। यो घटना पहिलो विश्वयुद्ध पछिको हो। ब्रिटिस प्रधानमन्त्री जर्ज लायड आफ्नो राजनीतिक प्रभाव गुमाउँदै थिए। यसैबेला उनले एउटा अत्यन्त कल्पनाशील योजना सबैका सामुन्ने पेश गरे, जसअनुसार उनले घोषणा गरे कि उनको सरकारले बडो उदारताकासाथ उपाधि तथा पदकहरु प्रदान गर्नेछ। उनलाई त्यसबेला केही धनको पनि आवश्यकता थियो। यसैकारण खुल्लारुपले त हैन, आफ्ना गोप्य माध्यमहरुबाट यी उपाधिहरु ती व्यक्तिलाई प्राप्त हुनेछ, जसले केही पैसा खर्चिन सक्छ भनेर प्रचार गराए।

यस प्रस्तावबाट सबैभन्दा पहिला आकर्षित भए लण्डनका नयाँ व्यापारीहरु। जोसंग धन प्रशस्तै थियो, उपाधि थिएन। यी नवधनाढ्यहरुलाई उपाधिप्रति तीब्र लालसा थियो। उनीहरु पनि आफूलाई ‘लर्ड’ वा ‘सर’ले सम्बोधन गरेको सुन्न चाहन्थे। तात्कालीन ब्रिटिस प्रधानमन्त्री लायर्ड जर्जले यी नवधनाढ्यहरुको उपाधिप्रतिको लालसाको फाइदा उठाए। उनले निसंकोच सम्झौताहरु गरे। यसबाट प्रशस्त आम्दानी पनि गरे। ग्रेगरी भने यस नाटकमा मध्यस्थको भूमिका निभाइरहेको थियो।

उसको उच्च वर्गमा आफ्नो सम्बन्धको माध्यमबाट कस्ता व्यक्तिलाई सम्मानित गरिदैछ भन्ने कुरा पत्ता लगायो र आफ्नो जाल फैलायो। पहिला सूचीबाट यस्ता व्यक्तिहरुलाई हटाउन थाल्यो, जो सम्मान पाउने अधिक सम्भावना भएका थिए। उ यो पनि पत्ता लगाउँथ्यो कि को चाहिँ उपाधिका लागि बढी लालायित छ ? यस्तो मनोविज्ञान पढ्नासाथ आफ्नो प्रस्ताव लिएर अघि बढ्थ्यो। ऊ त्यस्ता व्यक्तिलाई आफूले उपाधि दिलाइदिने विश्वास दिलाउँथ्यो। यसका लागि प्रशस्त खर्च गर्नुपर्ने सर्त खुलस्त गथ्र्यो। ग्रेगरीले उपाधिअनुसारको रकम तोकेको थियो। उपाधि जति ठूलो मानार्थ भयो, उति बढी दर रेट कायम गरिएको हुन्थ्यो। जस्तै नाइट उपाधि १० हजार पाउण्ड, बरने ३५ हजार, अर्ल ५० हजार पाउण्ड। लर्ड र सरका पनि उच्च रकम थिए। उपाधिहरुका लागि मरिमेट्ने ती नवधनाढ्यहरुलाई यति धेरै रकम दिन पनि हिचकिचाहट थिएन। पैसा ग्रेगरीको थैलोमा बगेर आउन थाल्यो।

आफ्नमा आउनेहरुलाई ऊ उपाधि दिलाइदिने विश्वास दिलाउँथ्यो। उसकोमा आउनेहरु यति अन्धभक्त थिए कि ग्रेगरीको प्रयासविना यो काम होला भन्ने विश्वास नै गर्दैनथो। मूर्खको धन छट्टुले खान्छ भने झैं धनीको मूर्खता उसको व्यापार बन्यो। धनीहरुमा यस्तो व्यग्रता थियो कि शिरमा ताज पहिरिएर ऐना हेर्ने हतारो थियो। यसखाले व्यापार धेरै समयसम्म चल्यो। उपाधिका भोकाहरुलाई ठगिरह्यो। मन पनि जित्थ्यो। आश्चर्य त के छ भने उपाधिका आकांक्षीहरु ग्रेसरीप्रति उनीहरु कृतज्ञ थिए। एकैपटक आफूलाई यति सजिलै कमिशन आउने विश्वासले गर्दा उसले आफ्नो कामलाई एक कदमअघि बढायो। उसंग उच्च सम्पर्कका व्यक्तिहरुको अभाव थिएन। यसैकारण ऊ कुनै पनि उपाधि दिलाउन सक्थ्यो, मोटो कमिशन खाएर। केही रकम ती प्रभावशाली व्यक्तिहरुलाई पनि दिन्थ्यो, जसले उसलाई यस काममा मद्दत गर्थे।

जबसम्म बेलायती प्रधानमन्त्री जर्ज लायर्ड रहे, यो प्रक्रिया ठिकठाक चलिरह्यो। तर जब स्टेनली बल्र्वविन सत्तामा आए ग्रेगरी तथा लायर्डको यस खेलमा तगारो लाग्यो। बल्डविनले यस्तो उपाधि बेच्ने काम गैरकानुनी, निन्दनीय भएको भन्दै बन्द गर्ने घोषणा गरे। सन् १९२५ मा उनले संसदमा यस्तो बिल पास गराए। नियमत यो काम गैरकानुनी घोषित गरियो। सरकारले प्रतिबन्ध लगाउँदा पनि ग्रेगरीले आफ्नो धन्दा निर्वाध चलाइरह्यो। सरकारलाई चुनौती दिँदै सत्तामा रहेकाहरुले मद्दत गरिरहे। ठूला मानिसलाई ग्रेगरीले कमिशन दिइरह्यो। तर सन् १९३३ मा उसको निशाना चुक्न पुग्यो। उसले कमाण्डर लिक नामक व्यक्तिलाई १० हजार पाउण्डमा ‘नाइट’ उपाधिको प्रस्ताव राख्यो तर लिकले यो कुरा स्कटल्याण्ड यार्ड (स्कटिस पुलिस) मा रिपोर्ट ग-यो। ग्रेगरी गिरफ्तार भयो। उसमाथि मुद्दा चलाइयो। उसले अपराध स्वीका-यो, दुई महिनाको कैद भयो।

बल्ल उसले आफ्नो दिन समाप्त भएको महसूस ग-यो। त्यसबेला ऊ ५६ वर्ष भइसकेको थियो। उसले जोखिम उठाएर भएपनि सानको जीवन बिताएको थियो। अब उसले ठगी पेशालाई सधैंका लागि विदाई गर्नुपर्ने अवस्था आयो। आफ्नो देशमा अपमान सहन नसकेर पेरिस गयो। त्यहाँ आठ वर्ष बस्यो। दोस्रो विश्वयुद्धका बेला एउटा जर्मन अस्पतालमा उपचार गराउँदा गराउँदै यस ग्रेगरीले संसारबाट विदा लियो। बेलायतमा अहिले पनि प्रतिष्ठित ठगका रुपमा उसको नाम जीवन्त छ।