समाचार

पहिरोले अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध

By खबरहब

August 25, 2024

काभ्रे– अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–८ बन्देउ र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित जिरो किलोमा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आज बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन् ।

उनले जिरो किलो मेलम्ची सडक खण्ड पूर्णरुपमा बन्द रहेकोले उक्त स्थानमा प्रहरी टोली, स्थानीय निकाय र सडक विभागको समन्वयमा सडक खुलाउने पहल भइरहेको बताए ।

वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको उनको भनाइ छ ।

उक्त राजमार्गको जिरोकिलो–दोलालघाट खण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ ।