देश/प्रदेश

मुग्लिङ-नारायणगढ सडकको घुमाउनेमा बस दुर्घटना

By खबरहब

August 25, 2024

काठमाडौं – आइतबार बिहान मुग्लिङ-नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा बस सडक किनारमा पल्टिएको देखिन्छ ।

महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उक्त बस भरतपुर महानगरपालिका–२९ मा दुर्घटना भएको हो । घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको छ ।

दुर्घटनाको थप विवरण भने आइसकेको छैन ।