समाचार

मङ्गलसेन–ठाटीखाँद सडकखण्ड अवरुद्ध

By खबरहब

August 25, 2024

अछाम– मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत मङ्गलसेन–ठाटीखाँद खण्ड अवरुद्ध भएको छ ।

शनिबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो खस्दा उक्त सडकखण्ड अवरुद्ध भएको हो । उक्त सडकको ठूलासैन नजिकैको चिण्डे वनमा केही भाग भासिएको छ ।

अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार अवरुद्ध सडक खुलाउन सडक कार्यालय र मङ्गलसेन नगरपालिकासँग समन्वय भइरहेको छ ।