ब्रेकिङ स्टोरी

भारतमा नेपाली तीर्थालु बोकेको बस दुर्घटना, ३६ जना घाइते

By खबरहब

August 25, 2024

काठमाडौं– भारतको विहार राज्यस्थित समस्तीपुरको नेशनल आइवे २८ मा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ ।

४३ जना सवार ना ७ ख ६४४६ नम्बरको बस दुर्घटना भएको हो । सो दुर्घटनामा ३६ जना घाइते भएको भारतीय सञ्चारमाध्यामले उल्लेख गरेका छन्, जसमा ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अहिले घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

तीर्थयात्री सबै बारा जिल्लाका रहेको बताइएको छ । तीव्र गतिमा आएको ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको रिपोर्टमा उल्लेख छ ।