फाइल फोटो

आर्थिक

प्रि ओपन सेसन : नेप्सेमा साढे २ अंकको वृद्धि

By खबरहब

September 25, 2024

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे २ अंकले बढेको छ ।

मंगलबार ५९ अंकले घटेर २४७० को विन्दुमा झरेको परिसूचक आज प्रि सेसनमा २.६६ अंकले बढेर २४७३ को विन्दुमा पुगेको छ ।

सेसन अवधिमा २२ लाख ५५ हजार ९०२ रुपैयाँ बराबरको ३ हजार १४९ कित्ता शेयर किनबेच भएको छ ।

उक्त सेसनमा २६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

४३ वटा कम्पनीको कारोबार भएको सेसनमा ५७ पटक शेयर किनबेच भएको छ ।