आर्थिक

सुपरमादी हाइड्रोपावरले ५ प्रतिशत बोनस दिने 

By खबरहब

September 25, 2024

काठमाडौं– सुपरमादी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०–०८१ को वितरणयोग्य नाफाबाट शेयर धनीलाई बोनस दिने भएको छ ।

कम्पनीको मंगलबार बसेकाे सञ्चालक समितिको बैठकले शेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ ।

कम्पनीका सचिव निश्चल खरेलका अनुसार १० करोड ५० लाख रुपैयाँ बराबरको बोनस शेयर र त्यसको कर प्रयोजनका लागि ५५ लाख २६ हजार रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले उक्त बोनस १५औँ वार्षिक साधारणसभाले पास गरेपछि शेयरधनीलाई दिने जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब १० करोड रुपैयाँ बराबर रहेको छ ।