काठमाडौं– एनएमबि बैंक लिमिटेडले नेपालको सबैभन्दा दिगो बैंक बन्ने स्ट्राटेजिक आकांक्षा अनुसार दुई सम्झौतामा हस्ताक्षर गरेको छ ।
दीगो युटिलिटि–स्केल सौर्य र कृषि परियोजनाहरूको विकासको लागी प्राविधिक सहयोग तथा सल्लाह भित्राउने उद्देश्यले अमेरिकी डलर २० मिलियनको पहिलो सम्झौता डच फन्ड फर क्लाइमेट एण्ड डेभलपमेन्टसँग गरेको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने निकाय हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सले प्रारम्भिक जलविद्युत दिगोपन मूल्याङ्कन गर्न प्राविधिक सल्लाहकार उपलब्ध गराउनका लागि डच उद्यमशील विकास बैंक, एफएमओसँग दोस्रो सम्झौता गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणको नेपालभर ८०० मेगावाटसम्मको ग्रिड जडित सौर्य ऊर्जा विस्तार गर्ने नयाँ परियोजनामा एनएमबि बैंकले आफ्ना सौर्य ऊर्जासँग आबद्ध ग्राहकलाई आर्थिक रूपमा मात्र नभई अन्तर्राष्ट्रिय प्राविधिक सल्लाहकार उपलब्ध गराउने र उक्त परियोजनाबाट उत्पादन भएको ऊर्जा कृषि तथा अन्य क्षेत्रमा दिगो रूपमा प्रयोग गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
यी पहलले नेपालको ऊर्जा क्षेत्रलाई वातावरणीय र सामाजिक रूपमा लचिलो बनाउन, अन्तर्राष्ट्रिय लगानीकर्ताहरू आकर्षित गर्दै व्यावसायिक अवसर सृजना गर्ने बैंकले विश्वास लिएको छ ।