खेलकुद

रिचार्लिसनको पेनाल्टी गोलमा टोटनहामको जित

By खबरहब

October 25, 2024

काठमाडौं– रिचार्लिसनले गरेको पेनाल्टी गोलमा टोटनहाम हस्टस्पर्सले युरोपा लिगको बिहीबार राती भएको खेलमा एजेड अल्कमारलाई १-० ले हराएको छ । 

५३ औ मिनेटमा मक्सिम डेकरले लुकास बर्गभाललाई पेनाल्टी बक्समा लडाए पछि टोटनहामले पेनाल्टी अवसर पाएको थियो । सो समयमा पेनाल्टी प्रहारको विषयमा कप्तान जेम्स मेडिसन र रिचार्लिसन बिच केही समय छलफल समेत भएको थियो । 

रिचार्लिसन भर्खरै चोटबाट फर्केका कारण पहिलो गोलका लागि आत्मविश्वास आवश्यक रहेकाले मेडिसनले उनलाई अवसर दिएका थिए ।

वेस्ट हामसँग गएको प्रिमियर सीप खेलमा खेलेका मध्य ९ खेलाडीलाई बिहीबारको खेलमा टोटनहामले खेलेको थिएन र यसै बिचमा स्विडेनका १८ वर्षीय बर्गभलको खेलबाट धेरै प्रभावित भएका थिए । 

अर्को खेलमा रेन्जर्सले रोमानियाको क्लब एफसिएबीलाई ४-० ले हराएको छ । सन् २००७ यता रेन्जर्सले युरोपा लिगको खेलमा हात पारेको सबै भन्दा फराकिलो अन्तरको जित पनि हो ।