खेलकुद

प्रशिक्षक माउरिन्होले रातो कार्ड पाएको खेलमा फेनरबाकको म्यानचेस्टरसँग बराबरी

By खबरहब

October 25, 2024

काठमाडौं – प्रशिक्षक होसे माउरिन्होले रातो कार्ड पाएको युरोपा लिगको खेलमा उनको टोली फेनरबाकले कम ब्याक गर्दै म्यानचेस्टर युनाइटेडसँग १–१ गोलको बराबरी गरेको छ । 

क्रिस्चियन इरिक्सनले यस सिजनको चौथो गोल गरे पछि युनाइटेडले १५ औ मिनेटमा अग्रता लिएको थियो । 

फेनरबाकका लागि दोस्रो हाफको चौथो मिनेटमा एलान सेन्ट म्याक्सिमले नजिकैबाट गरेको क्रसमामा युसुफ एन नास्रीले हेड मार्फत गोल गरेका थिए । घरेलु भूमिमा भएको खेलमा पेनाल्टीको माग गर्दै रेफ्रीसँग विवाद गरेका कारण माउरिन्होलाई ६० औ मिनेटमा रातो कार्ड देखाइएको थियो । 

युरोपा लिगका अन्य खेलमा लाजियोले ट्वान्टेलाई २–० ले, पोर्टोले होफेनफेनलाई २–०ले, बेसिकटासले ओलम्पिक लियोनलाई १–० तथा एथलेटिको क्लबले स्लाभिया प्रागलाई १–० ले हराए । 

अन्य खेलमा एएस रोमाले डाइनामो किभलाई १–०, एन्डरलेगले लुगोृगरेट्सलाई २–०, आयाक्सले काराबागलाई ३–० तथा इन्रिच फ्रान्कफर्टले रिजास एफसीलाई १–० ले हराए । 

फेरेनकाभोसले नाइसलाई १–०, रियल सोसिडाडले माकाबी तेल अभिभलाई २–१ ले हराए । मिट्जेल्यान्डले युनियन सेन्ट गिलोसीसँगको खेलमा १–० को जित हात पारेको थियो ।