समाचार

पोखरा र काठमाडौंको आन्दोलनबारे अनौपचारिक छलफलमा रास्वपा नेताहरू 

By खबरहब

October 25, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आज काठमाडौंको माइतीघर र कास्कीको पोखरामा थप आन्दोलन गर्ने भएको छ । 

सहकारी ठगी र संगठित अपराधमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले शुक्रबार पनि आन्दोलन गर्ने भएको हो । 

गत शुक्रबार सभापति लामिछाने पक्राउ परेदेखि रास्वपा निरन्तर आन्दोलनमा छ । अहिले नेताहरू आन्दोलनको  स्वरूप कस्तो गर्ने भन्ने विषयमा छलफलमा रहेको पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । उनका अनुसार पोखरा र काठमाडौंमा कस्तो किसिमको आन्दोलन गर्ने भनेर जुम मिटिङ पनि भइरहेको छ । 

काठमाडौंमा अहिले रास्वपा उपसभापति स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसदहरू सुमना क्षेष्ठ, शिशिर खनाल लगायतका अन्य केन्द्रीय नेताहरू आन्दोलनमा खटिएका छन् । 

पोखरामा भने उपसभापति डीपी अर्याल, कोषाध्यक्ष, लिमा अधिकारी  सह कोषाध्यक्ष दीपक बोहोरा, सांसदहरू विनीता कठायत, तोसिमा कार्की र सोभिता गौतम छन् । 

माइतीघरको आन्दोलनमा पार्टी कार्यालय चमतीबाट नै नेताहरू जुट्ने तयारी भइरहेको छ ।