ब्रेकिङ स्टोरी

यस्तो देखियो माइतीघरमा रास्वपाको प्रदर्शन (तस्बिरहरू)

By खबरहब

October 25, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलन अब काठमाडौंस्थित माइतीघर मण्डलबाट सुरु भएको छ । पोखरामा करिब सातासम्मको प्रदर्शन नतिजामुखी नभएपछि रास्वपा काठमाडौंकेन्द्रित भएको हो ।

जिल्ला अदालत कास्कीले ठगी आरोपमा समातिएका पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई अझै एक साता हिरासतमा राख्न अनुमति दिएसँगै पोखराको आन्दोलन तितरबितर भएको हो ।

रविलाई पक्राउ गरेदेखि पोखरामा आन्दोलित रास्वपा नेता-कार्यकर्ता अब काठमाडौंकेन्द्रित आन्दोलनमा जुटेका हुन्। शुक्रबार रास्वपा सांसदहरू हरि ढकाल र विराजभक्त श्रेष्ठसहित माइतीघरको आन्दोलनमा देखिए ।

फोटोहरू : नेपाल फोटो लाइब्रेरी