आर्थिक

बाढीपीडितलाई सिप्रदियन सहायता संस्थाद्वारा राहत वितरण 

By खबरहब

October 25, 2024

काठमाडौं– सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्वारा पाँचखाल नगरपालिकाको  काभ्रेपलाञ्चोकमा बाढी प्रभावित परिवारलाई आधारभूत आवश्यकताका सामाग्रीहरू राहतस्वरुप वितरण गरेको छ ।

संस्थाका तुलसी जंग बस्नेत, रोज क्षेत्री, गोबिन्द उपाध्याय, रजत श्रेष्ठ, बिमल गौतमलगायतको उपस्थितिमा ३० घरपरिवारलाई राहत स्वरूप प्रति घर डसना, सिरानी, झुल, जग, बाल्टिन, गिलास र थाल वितरण गरिएको हो ।

सिप्रदी सहायता संस्था एक लाभ निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो । यो सन् २०१२ देखि कार्यशील रहेको छ । यसको स्थापना सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक दायित्वको कार्यान्वयनको लागि गरिएको हो ।