मनोरञ्जन

म्युजिकल फिल्म ‘रमाइलो तिहार’मा राजबल्लभको अभिनय

By खबरहब

October 25, 2024

काठमाडौं- परदेशमा रहेका नेपालीको भावना समेटिएको म्युजिकल फिल्म ‘रमाइलो तिहार’ सार्वजनिक भएको छ ।

उक्त गीतमा लामो समयदेखि विदेशमा रहेका भाइलाई भाइटिका लगाउन नेपालबाट विदेश पुगेकी दिदीको यात्रा देखाइएको छ ।

यस म्युजिकल फिल्ममा गायक प्रताप दासको स्वर र रमेश क्षेत्रीको संगीत रहेको छ। यसको शब्द भने रमेश क्षेत्रीको रहेको छ ।

भिडियोमा मुख्य पुजा चन्द, समीर रेग्मी, आकृति काफ्ले, मनोरथ खनाल, लगायतको अभिनय रहेको छ । अभिनेता राजबल्लभ कोइरालालाई भने विशेष भूमिकामा देख्न सकिन्छ ।

‘साँघुरो’ फिल्म निर्देशक जोयस पाण्डे यस म्युजिकल फिल्मको निर्देशन गरेका हुन् । ह्यप्पी होम स्टुडियोजको निर्माण गरेको यस भिडियोको सम्पूर्ण छायाङ्कन अमेरिकामै भएको निर्माण पक्षले बताएको छ ।

हेर्नुहोस् भिडियो :