फाइल फोटो

अन्तर्राष्ट्रिय

पुटिन समर्थक ब्लगरको हत्या गरेको आरोपमा एक महिलालाई २७ वर्षको जेल सजाय

By खबरहब

January 26, 2024

मस्को- रुसको एउटा अदालतले क्रेमलिन समर्थक सैन्य ब्लगरको हत्या गरेको आरोपमा एक जना महिलालाई २७ वर्षको जेल सजाय सुनाएको छ ।

युक्रेनको योजनामा आक्रमण गरी प्रख्यात अतिराष्ट्रवादी ब्लगरको हत्या गरेको अभियोगमा रुसी अदालतले युद्धविरोधी कार्यकर्ता दर्या ट्रेपोभालाई २७ वर्षको जेल सजाय सुनाएको हो ।

गत वर्ष अप्रिलमा सेन्ट पिटर्सबर्गको एक क्याफेमा विस्फोट हुँदा भ्लाडलेन टाटारस्की मारिएका थिए । ट्रेपोभाले उनलाई विस्फोटकले भरिएको सानो मूर्ति उपहार दिएको बताइएको छ ।

यसै अभियोगमा सेन्ट पिटर्सबर्गको अदालतले बिहीबार ट्रेपोभालाई आतंकवादको अभियोगमा दोषी ठहर गरेको हो ।

२६ वर्षीया ट्रेपोभाले आफूले जानेर टाटारस्कीलाई नमारेको जनाएकी छिन् ।