बलिउड/हलिउड

ऋतिक रोशनको फाइटरको पहिलो दिनको कमाई २५ करोड

By खबरहब

January 26, 2024

काठमाडौं- ऋतिक रोशनको फिल्म ‘फाइटर’ ठूलो पर्दामा आएको छ । समीक्षकदेखि दर्शकसम्मले फिल्मको तारिफ गरिरहेका छन् ।

फाइटरमा ऋतिक रोशन र दीपिका पादुकोणको एक्शन निकै रुचाइएको छ । फाइटरको अग्रिम बुकिङले पनि राम्रो प्रतिक्रिया पाएको थियो ।

यसैबीच, अब ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपुर अभिनित यस फिल्मको पहिलो दिनको बक्स अफिस कलेक्शन सार्वजनिक भएको छ । जसमा फाइटरले पहिलो दिनमा राम्रो सुरुवात गरेको छ ।

तर, २०२३ का धेरै ठूला फिल्मको तुलनामा फाइटरको ओपनिङ भने सानो रहेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार फाइटरले पहिलो दिन २५ करोडको ओपनिङ गरेको छ  । यस्तो अवस्थामा ऋतिक रोशनको अघिल्लो एक्शन फिल्म वार र ब्याङ ब्याङको तुलनामा फाइटरको ओपनिङ सानो मानिएको छ ।

किनभने,  वारले पहिलो दिन ५३ करोडको ओपनिङ गरेको थियो भने ब्याङ ब्याङले पहिलो दिन २७ करोड कमाएको थियो ।

 

फाइटर अघि सिद्धार्थ आनन्दले निर्देशन गरेका पठानले पहिलो दिन बक्स अफिसमा ५० करोडभन्दा बढीको ओपनिङ गरेको थियो ।