राजनीति

राष्ट्रियसभाको हारले कोशीमा कांग्रेससँग बिच्कियो माओवादी

By खबरहब

January 26, 2024

काठमाडौं – राष्ट्रियसभा निर्वाचनमा आफ्नो उम्मेदवार हारेपछि कोशी प्रदेशमा माओवादी केन्द्र कांग्रेससँग बिच्किएको छ ।

गठबन्धन दलको मुख्य घट्क नेपाली कांग्रेसको असहयोगका कारण आफ्नो उम्मेदवार हारेको भन्दै माओवादी कांग्रेसँग असन्तुष्ट बनेको हो ।

राष्ट्रियसभा निर्वाचनको मत परिणाम आए लगत्तै आन्तरिक छलफलमा जुटेको माओवादी केन्द्रको प्रदेश कमिटी बैठक आज बसिरहेको छ ।

बिहानै देखि बसेको बैठकमा प्रदेश गठबन्धनबाट बाहिरिने विषयमा छलफल भइरहेको माओवादी स्रोतले बताएको छ । जारी बैठकमा नेताहरुले कोशीमा पटक-पटक कांग्रेसबाट धोका पाएको भन्दै सहकार्य तोडनु पर्ने बताएका छन् ।

राष्ट्रियसभा निर्वाचनको परिणामले माओवादी केन्द्र प्रदेश सरकारबाट पनि बाहिरिन सक्ने बताइएको छ ।