क्रिकेट

अफगानिस्तानसँगको खेलमा नेपालका दुई खेलाडी परिवर्तन

By खबरहब

January 26, 2024

काठमाडौं – आइसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानसँग खेल्दैछ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा हुने खेलमा टस जितेर अफगानिस्तानले ब्याटिङ रोजेको छ ।

पहिले बलिङ गर्ने नेपालले आफ्नो टिममा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले दुर्गेश गुप्ता र उत्तर मगरको स्थानमा तिलक भण्डारी र दीपक बोहरालाई प्लेइङ ११ मा राखेको छ ।

सुपर-६ मा पुग्नका लागि लागि दुवै टिमलाई जितको आवश्यकता छ । यसअघि नेपाल र अफगानिस्तान दुवैले पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेका छन् ।

आइसीसीले समूहका शीर्ष तीन टिमलाई सुपर–६ खेलाउँदैछ । कुल १२ टिमले दुई समूहमा सुपर–६ खेल्नेछन् । दुवै समूहका शीर्ष २–२ टिमले सेमिफाइनल खेल्नेछन् ।