नेपालले लियो पहिलो दुई ओभरमा अफगानिस्तानको २ विकेट | Khabarhub Khabarhub

नेपालले लियो पहिलो दुई ओभरमा अफगानिस्तानको २ विकेट


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

टस हारेर पहिला बलिङ गरेको नेपालले पहिलो र दोस्रो ओभरमा विकेट लिएको छ । नेपालका लागि गुलसन झा र आकाश चन्द आफ्नो पहिलो ओभरमा नै विकेट लिएका हुन् ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानका लागि ओपनर नुमन साह र खालिद तालिवान शुन्य रनमा आउट भए छ ।

पहिले बलिङ गर्ने नेपालले आफ्नो टिममा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले दुर्गेश गुप्ता र उत्तर मगरको स्थानमा तिलक भण्डारी र दीपक बोहरालाई प्लेइङ ११ मा राखेको छ ।

सुपर–६ मा पुग्नका लागि लागि दुवै टिमलाई जितको आवश्यकता छ । यसअघि नेपाल र अफगानिस्तान दुवैले पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेका छन् ।

आइसीसीले समूहका शीर्ष तीन टिमलाई सुपर–६ खेलाउँदैछ । कुल १२ टिमले दुई समूहमा सुपर–६ खेल्नेछन् । दुवै समूहका शीर्ष २–२ टिमले सेमिफाइनल खेल्नेछन् ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  २ : ०३ बजे

समाज परिवर्तनमा साहित्यकारको महत्वपूर्ण योगदान छ : रक्षा राई

काठमाडौं – रक्षामन्त्री मानवीर राईले समाजमा सकारात्मक सन्देश फैलाउने र

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

गलकोट– बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको

हल गोरु पाल्ने दुई सय ४० किसानलाई प्रोत्साहन रकम

सिन्धुपाल्चोक – यहाँको मेलम्ची नगरपालिकाले गत आर्थिक वर्षमा हल गोरु

गाजामा खाद्य संकट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

एजेनसी – संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको