अन्तर्राष्ट्रिय

चीनका उच्च कूटनीतिज्ञ र अमेरिकी सुरक्षा सल्लाहकारबीच भेटवार्ता हुने

By खबरहब

January 26, 2024

काठमाडौं– चीनका उच्च कूटनीतिज्ञ वाङ यीले र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानबीच शुक्रबार थाइल्याण्डमा भेटवार्ता हुने भएको छ । 

बेइजिङ र वासिङ्टनबीच हालैका वर्षहरूमा प्रविधि, व्यापारदेखि मानव अधिकारका विषयका साथै ताइवान र साउथ चाइना सीका विषयमा प्रतिस्पर्धात्मक दाबीका मुद्दाहरूमा टकराव भएको छ ।

दशकौँ यताको सबैभन्दा खराब सम्बन्ध सुधारका लागि राष्ट्रपति जो बाइडेनले गत नोभेम्बरमा सान फ्रान्सिस्कोमा चिनियाँ समकक्षी सी चिनपिङसँग भेटवार्ता गरेका थिए ।

‘चीन र संयुक्त राज्य अमेरिकाको सहमतिअनुसार वाङ यीले संयुक्त राज्य अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानसँग बैंककमा नयाँ चरणको बैठक गर्नुहुनेछ,’ बेइजिङको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अमेरिकाले शुक्रबार र शनिबार वार्ता हुने जनाएको छ ।