अफगानिस्तानले ४७ रन बनाउँदा ६ विकेट गयो, आकाशले लिए ५ विकेट | Khabarhub Khabarhub

अफगानिस्तानले ४७ रन बनाउँदा ६ विकेट गयो, आकाशले लिए ५ विकेट


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानविरुद्ध नेपालका तीव्र गतिका बलर आकाश चन्द एक्लैले ५ विकेट लिएका छन् ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले ११.२ ओभरमा ६ विकेट गुमाउँदै ४७ रन बनाएको छ ।

नेपालका लागि आकाश चन्दले ६ ओभरमा १३ रन खर्चेर ५ विकेट लिँदा गुल्शन झाले १ विकेट लिए । नेपाललाई गुल्शनले पहिलो ओभर र आकाशले दोस्रो ओभरमा सफलता दिलाएका थिए ।

अफगानिस्तानका जम्सिद जार्दन ३, हसान इसाखिल २०, सोहिल खान ४ रनमा आउट हुँदा नूमन साह, खालिद तनिवाल र अलि अहमेद शून्य रनमा आउट भए ।

आज नेपालले आफ्नो टिममा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले दुर्गेश गुप्ता र उत्तर मगरको स्थानमा तिलक भण्डारी र दीपक बोहरालाई प्लेइङ ११ मा राखेको छ ।

सुपर–६ मा पुग्नका लागि लागि दुवै टिमलाई जितको आवश्यकता छ । यसअघि नेपाल र अफगानिस्तान दुवैले पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेका छन् ।

आइसीसीले समूहका शीर्ष तीन टिमलाई सुपर–६ खेलाउँदैछ । कुल १२ टिमले दुई समूहमा सुपर–६ खेल्नेछन् । दुवै समूहका शीर्ष २–२ टिमले सेमिफाइनल खेल्नेछन् ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ३ : ०४ बजे

समाज परिवर्तनमा साहित्यकारको महत्वपूर्ण योगदान छ : रक्षा राई

काठमाडौं – रक्षामन्त्री मानवीर राईले समाजमा सकारात्मक सन्देश फैलाउने र

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

गलकोट– बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको

हल गोरु पाल्ने दुई सय ४० किसानलाई प्रोत्साहन रकम

सिन्धुपाल्चोक – यहाँको मेलम्ची नगरपालिकाले गत आर्थिक वर्षमा हल गोरु

गाजामा खाद्य संकट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

एजेनसी – संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको