तस्वीर : बाप्टिस्ट हेल्थ

जीवनशैली

सुतेको समयमा श्वास फेर्न समस्या हुने कारण थाहा पाउनुहोस्

By खबरहब

February 26, 2024

काठमाडौँ– राति सुत्दा कतिपयलाई श्वास थुनिएर सास फेर्न गाह्रो हुने गर्छ । धेरैले यसलाई यो सामान्य समस्या भनेर त्यतिकै पनि बस्ने गरेको पाइन्छ । केही दिनमा कम होला सायद सुत्न अप्ठ्यारो भएर होला भन्ने गरेको पनि सुनिन्छ ।

निदाएको बेला सास फेर्न गाह्रो हुने समस्या पुरुषको दाँजोमा महिलामा बढी हुने ‘स्लिप’ जर्नलमा प्रकाशित छ ।

निदाएको बेला सास अड्कनु, हलुको सास फेर्नु वा घुर्नु जस्ता लक्षणहरू भविष्यप्रति आशावादी नहुने, विफलता डर डिप्रेसनसँग सम्बन्धित हुन्छ ।

तर कतिपय मानिसमा सुत्दा यस्तो हुनेमा डिप्रेसनको जोखिम बढ्न सक्ने अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको अध्ययनले देखाएको छ ।

९ हजार ७ सय १४ प्रौढ महिला तथा पुरुषमा गरिएको अनुसन्धानमा ‘स्लिप एपेनिया’ भनिने निद्राको बेला सास रोकिने समस्याबाट पुरुषको दाँजोमा महिलाहरूलाई डिप्रेसन ग्रस्त हुने जोखिम बढी हुने देखाएको छ ।