खेलकुद

जर्मन बुन्डेसलिगा : होफेनहेइमसँग बोरुसिया डर्टमण्ड स्तब्ध

By खबरहब

February 26, 2024

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा होफेनहेइमसँग बोरुसिया डर्टमण्ड पराजित भएको छ । गएराति भएको खेलमा डर्टमन्डलाई ३–२ गोलले हराउँदै होफेनहेइम विजयी भएको हो ।

होफिनहेइमका म्याक्सिमिलियन बेयरले दुई तथा इहलास बेबुले एक गोल गरेका थिए । डर्टमन्डका डोनिएल मालेन र निको स्लोटरबेकले एक–एक गोल गरेका थिए ।

खेल सुरु भएको दोस्रो मिनेटमै होफिनहेइमका बेबुले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर २१औँ मिनेटमा मालोनले गोल फर्काउँदै डर्टमन्डलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि २५औँ मिनेटमा स्लोटरबेकले गोल गर्दै डर्टमन्डलाई २–१ को अग्रता दिएका थिए । तर दोस्रो हाफको ६१औँ र ६५औँ मिनेटमा बेयरले लगातार दुई गोल गर्दै होफिनहेइमलाई ३–२ गोलको जित दिलाए ।

यो जितसँगै २३ खेलबाट ३० अंक जोडेको होफेनहाइम सातौँ स्थानमा छ । पराजित भएको डर्टमण्ड ४१ अंकसहित चौथो स्थानमा छ ।