फाइल फोटो

आर्थिक

प्रिओपन सेसनमा नेप्से सूचक बढ्यो

By खबरहब

February 26, 2024

काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से सूचक १.८७ अंकले बढ्यो । योसँगै सूचक १९८०.८९ विन्दुमा पुग्यो ।

सेसन अवधिमा १६ कम्पनीको १ हजार १४ कित्ता सेयर किनबेच हुँदा ४ लाख ८८ हजार रुपैयाँभन्दा बढीको कारोबार भयो ।

यो सेसनमा कुल २६ वटा कारोबार भयो । ९ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घट्यो । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन आएन ।