काठमाडौं – नेकपा एमालेको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक पुन सुरु भएको छ ।
सभामुख देवराज घिमिरेले विपक्षी दलहरूले उठाएको विषयमा आगामी बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेपछि बैठक सुरु भएको हो ।
यसअघि बसेको पहिलो बैठकमा प्रमुख विपक्षी नेकपा एमालेले विवादित मन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए । सभामुखले पटक पटक रुलिङ गर्दा पनि सरकारले जवाफ नदिएको भन्दै एमाले सांसदहरूले आआफ्नो स्थानमा उभिएर नाराबाजी गरेपछि संसद् बैठक स्थगित भएको थियो ।
विपक्षी दलहरूले बालकुमारी घटनाको जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको माग गरेका छन् ।
एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पर्यटन मन्त्री सुदन किराँतीका साथै टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका स्वास्थ्य मन्त्री मोहन बस्नेतमाथि समेत प्रश्न उठाएको छ ।