ब्रेकिङ स्टोरी

गगनले भने – ‘विवादमा आएका  मन्त्री र सांसदलाई घरमै राखेर अनुसन्धान गरौँ’

By खबरहब

February 26, 2024

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विवादमा आएका  मन्त्री र सांसदलाई घरमै राखेर अनुसन्धान गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका, सरकारी जग्गा हिनामिनामा मुछिएका, नागरिकता र सहकारी ठगीमा विवादित मन्त्री र सांसदहरूलाई घर पठाउन आग्रह गरेका हुन् ।

संसद्मा आसनको दाँया बस्ने होस् कि बाँया बस्ने, काखैको वा पाखैको बस्ने, अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालको झन्डा छोपेर घर पठाउन उनले आग्रह गरे ।

उनले भने, ‘विवादमा देखिएका सांसद वा मन्त्रीलाई घरमा राखेर अनुसन्धान गरौँ र निर्दोष भएर फर्किए फूल माला लगाएर स्वागत गरौँला । दोषी भए दण्ड बेहोर्नुहोला ।’