समाचार

मिटरब्याज र लघुवित्त पीडितद्वारा संसद् परिसरभित्र प्रदर्शन

By खबरहब

February 26, 2024

काठमाडौं– मिटरब्याज र लघुवित्त पीडितहरूले संघीय संसद् भवन परिसरभित्र प्रदर्शन गरेका छन् ।

लघुवित्त तथा वित्तिय शोषण विरुद्धमा काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका उनीहरूले निषेधित क्षेत्र तोडेर काठमाडौँको बानेश्वरस्थित संसद् भवन प्रवेश गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले सुतेर विरोध जनाएका थिए ।  

संसद् भवनभित्र मिटरब्याज र लघुवित्त पीडितहरू प्रवेश गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा ४० भन्दा बढिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

भित्रैबाट बोलाएको भन्दै उनीहरूले संसद् भवन प्रवेश गरेका थिए ।