समाचार

बिमा कार्यक्रम सञ्चालन गर्ने संस्थालाई बोर्डको तीनबुँदे निर्देशन

By खबरहब

February 26, 2024

काठमाडौं- स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने सेवा प्रदायक संस्थालाई स्वास्थ्य बिमा बोर्डले तीनबुँदे निर्देशन दिएको छ । 

कतिपय स्वास्थ्य संस्थाले बिमा ऐनभित्र रहेर सेवा प्रदान गरेको नपाइएपछि बोर्डको यस्तो निर्देशन आएको हो । निर्देशन अनुसार रोग पहिचान भएपछि सोही व्यहोरा उल्लेख भएको डाक्टरको स्वीकृति समावेश गरी बिरामीलाई सेवा दिनुपर्नेछ । 

भिडियो एक्सरे गर्नेहरूको हकमा तालिम प्राप्त वा रेडियोलोजिष्ट हुनुपर्ने र कर्मचारीको पूर्ण विवरण बिरामीको रिपोर्टमा उल्लेख हुनुपर्नेछ । यस्तै, बिरामी रिफर गर्दा बिमा नियमावलीको अनुसूची–९ अनुसार फर्म अनिवार्य भर्न बोर्डले निर्देशन दिएको छ ।