प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय

२३ हजारभन्दा धेरै पाकिस्तानी नागरिक विदेशी जेलमा

By खबरहब

February 26, 2024

इस्लामावाद- पाकिस्तानका २३ हजारभन्दा धेरै नागरिक विदेशी जेलमा रहेको पाइएको छ । पाकिस्तानको माथिल्लो सदन सिनेटअन्तर्गत मानव अधिकारसम्बन्धी संसदीय समितिलाई दिइएको जानकारीमा २३ हजार ४ सय ५६ जना पाकिस्तानी नागरिक विदेशी जेलमा रहेको उल्लेख छ ।

तीमध्ये अधिकांश पाकिस्तानी नागरिकहरु साउदी अरब, यूएई, बहराइन, इराक, ओमन, भारतजस्ता देशको जेलमा छन् । पाकिस्तानी विदेश मन्त्रालयले संसदीय समितिसमक्ष पेश गरेको प्रतिवेदनमा विदेशी जेलमा रहेका २३ हजार ४ सय ५६ जनामध्ये १५ हजार ५ सय ८७ जना कुनै अपराधमा दोषी ठहर भइ सजाय काटिरहेको जनाइएको छ ।

बाँकी ७ हजार ८ सय ६९ जना भने आफ्नो सुनुवाइ कुरिरहेको उक्त प्रतिवेदनमा उल्लेख छ । संसदीय समितिको बैठकमा सिनेटरहरुले विदेशी जेलमा रहेका पाकिस्तानी नागरिकको सुरक्षाबारे विदेश मन्त्रालयसमक्ष चासो प्रकट गरेका थिए ।