फाइल तस्बिर

अन्तर्राष्ट्रिय

पश्चिमी बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा ९ जनाको मृत्यु

By खबरहब

February 26, 2024

बुजुम्बुरा – पश्चिमी बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा परी ९ जनाको मृत्यु भएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको सीमा नजिक रहेको बुबान्जा प्रान्तको बुरिङ्गा गाउँमा आइतबार राति ६ जना महिला, १ जना सैनिक सहित कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

सो आक्रमण रेड–तबारा विद्रोहीहरूले आक्रमण गरेको बुझिएको छ । घटनामा पाँच जना घाइते भएको बुरुन्डिया सरकारका महासचिव तथा प्रवक्ता जेरोम नियोन्जिमाले बताएका छन् ।

विद्रोहीहरूले यस क्षेत्रमा सत्तारुढ पार्टीको कार्यालयलाई पनि निशाना बनाएका थिए। सो विद्रोही समूह सन् २०१५ देखि बुरुन्डीको सरकारसँग लडिरहेको छ।