समाचार

परराष्ट्रमन्त्री श्रेष्ठ र चिनीयाँ समकक्षी यीबीच आज भेटवार्ता

By खबरहब

March 26, 2024

काठमाडौँ– चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आज चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्दैछन् ।

भ्रमणका क्रममा हिजो बेइजिङ पुगेका उनले चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य वाङ हुनिङ, अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हैयानलगायतसँग भेटवार्ता गरेका थिए ।

चिनीयाँ समकक्षीसँग आज अपराह्न हुने द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणताका बेइजिङमा भएका १२ सहमति पत्र कार्यान्वयनका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

चिनियाँ विदेशमन्त्री यीले उपप्रधानमन्त्री श्रेष्ठको सम्मानमा आज रात्रिभोज आयोजना गर्दैछन् ।

यसअघि उपप्रधानमन्त्री श्रेष्ठले हुवावे रिसर्च एण्ड डेभलपमेन्ट एक्जुकेटिभ्स एक्जिबिसन सेन्टरको भ्रमण गर्ने छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले चीनस्थित नेपाली राजदूतावासमा आजै हुने लगानीसम्बन्धी सेमिनारलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।