आर्थिक

सुनचाँदीको मूल्यमा गिरावट, यस्तो छ आजको मूल्य

By खबरहब

March 26, 2024

काठमाडौँ– नेपाली बजारमा आज सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार ४०० रुपैयाँ र तेजावी सुन १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँ र तेजावी सुनको भाउ तोलाको १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो चाँदीको भाउ प्रतितोला १५ सय १५ रुपैयाँ कायम रहेको थियो ।