खेलकुद

नेपालले गुमायो दुई विकेट, आसिफ र कुशल आउट

By खबरहब

March 26, 2024

काठमाडौं – आयरल्यान्ड ‘ए’ सँग दुई टी–२० अभ्यास खेलअन्तर्गत दोस्रो खेल खेलिरहेको नेपालले दुई विकेट गुमाएको छ ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका ओपनर आसिफ सेख र कुशल मल्ल आउट भए । सेख ११ रनमा आउट हुँदा मल्ल २५ रनमा पभेलिएन फर्किए ।

अहिले क्रिजमा अनिल शाह र गुलसन झा रहेका छन् ।

आज नेपालले आफ्नो टिममा दुई परिवर्तन गरेको छ । अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर ललित नारायण राजवंशीलाई बेन्चमा राखेको नेपालले अनिल शाह र विवेक यादवलाई मौका दिएको छ ।

नेपालले पहिलो खेलमा आयरल्यान्ड ए लाई ६ विकेटले हराएको थियो ।