खेलकुद

अनिल साह १२ रनमा आउट

By खबरहब

March 26, 2024

काठमाडौं – आयरल्यान्ड ‘ए’सँग दुई टी–२० अभ्यास खेलअन्तर्गत दोस्रो खेल खेलिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका अनिल साह १२ रनमा आउट भए । यसअघि आसिफ सेख ११ र र कुशल मल्ल २५ रनमा आउट भएका थिए ।

आज नेपालले आफ्नो टिममा दुई परिवर्तन गरेको छ । अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर ललित नारायण राजवंशीलाई बेन्चमा राखेको नेपालले अनिल शाह र विवेक यादवलाई मौका दिएको छ ।

नेपालले पहिलो खेलमा आयरल्यान्ड ए लाई ६ विकेटले हराएको थियो ।