फोटो फिचर

इन्द्रचोकमा सास्ती (फोटोफिचर)

By खबरहब

March 26, 2024

काठमाडौं – राजधानीको ब्यापक चहलपहल हुने क्षेत्र इन्द्रचोक भेडासिंगको सडक अस्तव्यस्त बनेको छ ।

ढल निकासीका लागि नयाँ संरचना निर्माण गर्न भन्दै भत्काएको सडकले सो क्षेत्रका स्थानीय तथा सो मार्गबाट आवतजावत गर्ने सर्वसाधारणले सास्ती भोग्नु परेको हो ।

सडककाबिच भागमा ठुला–ठुला खाल्डा खनेर छाडिएको छ भने ढलका खुल्ला मंगलहरुले न्युरोडलाई नै दुर्गन्धित बनाएको छ । 

त्यसो त पछिल्ला वर्ष सडक विस्तार, भूमिगत तार तथा खानेपानी र ढल व्यवस्थापनका लागि भन्दै काठमाडौंका अधिकांश सडक क्षेत्र खन्दै पुर्दै गरिएको छ । जसले काठमाडौँलाई धुलो तथा सडकलाई अस्तव्यस्त बनाएको पाइन्छ ।