खेलकुद

आयरल्यान्ड ‘ए’ लाई नेपालले दियो १९९ रनको लक्ष्य

By खबरहब

March 26, 2024

काठमाडौं – आयरल्यान्ड ‘ए’सँग दुई टी-२० अभ्यास खेलअन्तर्गत दोस्रो खेलमा नेपालले जितका लागि १९९ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९८ रन बनायो । नेपालका गुलसन झाले ४६ रन बनाएर आउट भए । गुलसनले ३२ बलमा ४६ रन बनाए ।

आक्रामक ब्याटिङ गरेका कुशल मल्लले १३ बलमा ३४ रन बनाए । कप्तान रोहित पौडेलले २४ बलमा ३३ रन बनाए । सन्दीप जोरा २१ रनमा आउट हुँदा अनिल साहले १२, आसिफ सेखले ११ र कुशल भुर्तेलले २५ रन बनाए । विवेक यादव ७ रनमा नटआउट रहे ।

आज नेपालले आफ्नो टिममा दुई परिवर्तन गरेको छ । अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर ललित नारायण राजवंशीलाई बेन्चमा राखेको नेपालले अनिल शाह र विवेक यादवलाई मौका दिएको छ ।

यसअघि भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।