अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई बेपत्ता

By खबरहब

March 26, 2024

क्यानबेरा– दक्षिण अस्ट्रेलियाको तटमा माछा मार्ने डुङ्गा पल्टिएपछि एक जनाको मृत्यु हुनुका साथै दुई जना बेपत्ता भएका छन् ।  एडिलेडबाट दुई सय किलोमिटर पश्चिममा रहेको स्पिल्सबी टापु नजिकै सोमबार दिउँसो डुङ्गा डुब्दा पाँच जना डुङ्गामा सवार थिए ।

केही समयअघि त्यही स्थानको पानीमा एकजना मृत व्यक्ति फेला पारेको प्रहरी अकिरी पल बहरले मंगलबार बिहान पत्रकार सम्मेलनमा बताउनुभएको छ । उनका अनुसार  मृत व्यक्तिको पहिचान तथा पुष्टि हुन भने बाँकी नै  छ ।  

दुर्घटनामा परेका दुई जीवित व्यक्ति एक चट्टानमा फेला परेको स्रोतले बताएको छ ।   

डुङ्गामा सवार रहेका परिवारका सदस्य तथा नजिकका साथीहरूको समूह रहेका प्रहरीले जनाएको छ ।