ब्रेकिङ स्टोरी

इलाम-२ को उपनिर्वाचनमा माओवादीबाट चार जनाको नाम सिफारिस   

By खबरहब

March 26, 2024

काठमाडौं– इलाम–२ को उम्मेदवारका लागि माओवादीबाट चार जनाको नाम सिफारिस भएको छ । 

प्रदेश समितिले जिल्ला समन्वय समिति इलामको सिफारिसको आधारमा चार जनाको नाम केन्द्रमा पठाएको बताइएको छ । 

माओवादीका कोशी प्रदेश अध्यक्ष हर्क बहादुर नेम्वाङका अनुसार  केन्द्रीय सदस्य धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिसमा परेको छ । 

हालसम्म एमालेले स्व नेम्बाङका छोरा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएको छ । यस्तै कांग्रेसबाट ७ जनाको नाम केन्द्रमा सिफारिस भएको छ । जम्मा ०७९ का नेम्बाङसँग चुनाव हारेका डम्बरबहादुर खड्काको सम्भावना छ । 

यस्तै पहिचान पक्षबाट डकेन्द्रसिं थेगिम उम्मेदवारी घोषणा गरेका छन् । यस्तै पहिचानकै नारा लिएर मिलन लिम्बूले उम्मेदवारी दिएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो उम्मेदवार बनाउने चर्चा छ ।  रास्वपाले चैत १४ गतेसम्ममा उम्मेदवारको नाम सार्वजनिक गर्ने बताएको छ ।     

यस्तै, डा.सिके राउतको जनमत पार्टीको समर्थनमा प्रेमदीप थाम्सुहाङले उम्मेदवारी दिएका छन् । 

यस्तै नेकपा एकीकृत समाजवादीले पनि आफ्नो उम्मेदवार खडा गर्ने बताइरहेको छ । 

एमाले नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

रास्वपाले चैत १४ गतेसम्ममा इलाम-२ को उम्मेदवार टुङ्ग्याउँछ : सहमहामन्त्री बुर्लाकोटी

इलाम उपनिर्वाचन : कांग्रेसले पठायो ७ जनाको नाम