समाचार

राज्य व्यवस्था समितिमा बुधबार गृह मन्त्रालय बारे छलफल हुँदै

By खबरहब

March 26, 2024

काठमाडौं– प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबार गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गने भएको छ ।

समितिको बुधबार बिहान ११ बजे बस्ने बैठकमा गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलाइएको समितिका सभापति रामहरी खतिवडाले जानकारी दिएका छन् ।  

साथै उनले गृहमन्त्री रवि लामिछानेलाई औपचारिक रुपमा नबोलाइएको भएपनि गृहमन्त्री छलफलमा आउनसक्ने बताए ।