सांकेतिक तस्बिर

समाचार

धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ

By खबरहब

March 26, 2024

धनगढी– कैलालीको धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१० का २२ वर्षीय तेजबहादुर बोहरा लागुऔषधसहित पक्राउ परेका हुन्।

धनगढी उपमहानगरपालिका–३ बाट उनी ५० मिलिग्राम ब्राउनसुगर र ९६ क्याप्सुल प्रिगाबा र १० क्याप्सुल एभिनसहित पक्राउ परेका छन्। 

प्रहरी चौकी, त्रिनगरको टोलीले बोहरालाई पक्राउ गरेको हो। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको छ।