विचार

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

By संकेत कोइराला

April 26, 2024

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास जाँदा उनीसँग दुईवटा लगौंटीबाहेक अरु कुनै चीज थिएन। बिहानै नुहाउँदा एउटा लगौंटी लगाउँथे, अर्को सुकाउँथे। दिन यसैगरी चलिरहेको थियो। एकदिन सुकाएको लगौंटी मुसाले काटेर ध्वस्त बनाएछ। मुसादेखि झ्वाँक चलेपछि मुसा मार्न नजिकैको गाउँबाट एउटा बिरालाको बच्चा ल्याएछन्।

बिरालोलाई दूध ख्वाउनु प-यो, अब के गर्ने ? बिरालो ल्याएकै गाउँमा गएर दूध मागेर बिरालोको प्राण धानिरहेका थिए। रातदिन अरुका घरमा दूध मागेर ल्याउँदा उनलाई दिक्क लाग्यो। सधैं अरुको सित्तै खाँदा भार लाग्ने ठानेर ती बृद्धले विचार गरे- ‘बरु एउटा गाई किन नपालौं ?’ वृद्धको आश्रममा गाईपालन सुरु भयो।

वृद्धले गाई पालेपछि गाउँलेलाई अर्कै चिन्ताले सतायो- ‘भोलि बृद्ध तपस्वी बिरामी भएको खण्डमा गौमाताको स्याहार कसले गर्छ ? त्यसैले गौमाताको पापको भागी गाउँले हुन उचित हुँदैन।’ गाउँलेहरुको एकमतले ती वृद्धको गाउँकै एक एकल महिलासँग लगनगाँठो कसिदिए। अनि त के थियो र ?

 बृद्ध सन्यासी आश्रममै लालाबालाका पिता बने। गाउँलेहरुले बिदा हुने बेलामा आफूहरुलाई केही दिव्योपदेश दिन आग्रह गर्दा उनले भने- ‘सबैथोक गर्नु बाबु, तर बुढेसकालमा झुक्किएर पनि बिरालो नपाल्नू। त्यही बिरालो पाल्ने रहरले बनबास आएको म पारिवारिक जन्जालमा फसें।’

केही वर्षपछि बृद्ध सन्यासी आश्रममै लालाबालाका पिता बने। समयक्रममा उनी मरणासन्न अवस्थामा पुगे। गाउँलेहरुले बिदा हुने बेलामा आफूहरुलाई केही दिव्योपदेश दिन आग्रह गर्दा उनले भने- ‘सबैथोक गर्नु बाबु, तर बुढेसकालमा झुक्किएर पनि बिरालो नपाल्नू। त्यही बिरालो पाल्ने रहरले बनबास आएको म पारिवारिक जन्जालमा फसें।’ यति भनेर बृद्ध यो लोकबाट बिदा भए।

जीवनको उत्तरार्द्धमा जाँदै गर्दा डा. बाबुराम भट्टराई निष्कर्ष रह्यो– ‘झुक्किएर पनि प्रचण्डको संगत नगर्नु। उनको विश्वास गर्दा राजनीतिक भविष्य पटाक्षेप भयो।’ सबैका सबैसँग गुनासोका थाक छन्। कसैलाई नपाएको झोंक, कसैलाई कम प्राप्तिको गुनासो, कसैलाई आफूले नपाएको भन्दा अरुले पाएको आक्रोस छ। सार्वजनिक खपतका लागि जनताको रगत पसिनाका चर्का भाषण गरे पनि सबैको अन्तिम अभिष्ट सत्ता, शक्ति र द्रव्य नै हो। सारमा नेपाली राजनीतिको गन्तव्य ठाँटबाँट र व्यक्तिगत इच्छालाई राज्यमार्फत पूरा गर्नु नै हो। दाँती मिलेको घर, घरमा गाडीघोडा, विदेशमा सन्तान, दैनिक दुईचार दर्जन मानिसको ओहोरदोहोर सम्भवतः यो संयोग नै सफलताको अन्तिम कसी हो।

सबैको अस्तित्व झल्किने सलादजस्तै समाज बनोस्। राजनीति राजनीतिज्ञहरुले मात्र गर्ने साधन बनिदेओस् भन्ने आम मानिसको प्रार्थना छ। अविश्वासको अन्त्य नै सुशासनको प्राप्ति हो। जहाँ राज्यसँग जनताको थोरैभन्दा थोरै गुनासा हुन्छन्। एउटा सपना भा“चिएसँगै अरु अनन्त सपना जोडिन्छन्। जसले मानिसलाई आशामुखी हुन प्रेरित गर्छ। एउटा सपना टुक्रिने अरु नजोडिने हो भने मानव सभ्यता उहिल्यै डाइनोसर भइसक्ने थियो। सुखद् भविष्यको त्यान्द्रोले मानिसलाई सत्कर्ममा डो-याउने रहेछ।

महाभारतमा भनिएको छ- ‘सत्य बोल, प्रिय बोल, प्रिय छैन भने सत्य पनि नबोल। प्रिय छ भनेर असत्य पनि नबोल।’ सत्य भनेको इच्छा हो। आग्रह भए ठाउँमा सत्य आउँदैन। आगोले सुनको शुद्धता जाँच्ने क्षमता राखेजस्तै मानिसको कर्मबाट सत्य निसृत हुन्छ। सत्य भनेको इच्छा हो।

सत्य मान्छेपिच्छे फरक हुँदैन। पटमूर्खहरु अनुहारमा पोतिएको कालो देख्दैनन, तर रातदिन ऐना पुछिरहन्छन्। तिनै ऐना पुछ्नेहरुको खबरदारी अहिलेको आवश्यकता हो।

जिब्रोभरि नून लिएर तिहुन चाख्न तम्सिनेहरुको साम्राज्यले सर्वत्र गिजोलिएको अवस्थामा सत्यको आराधना सजिलो नभए पनि असम्भव पक्कै छैन। सत्य मान्छेपिच्छे फरक हुँदैन। पटमूर्खहरु अनुहारमा पोतिएको कालो देख्दैनन, तर रातदिन ऐना पुछिरहन्छन्। तिनै ऐना पुछ्नेहरुको खबरदारी अहिलेको आवश्यकता हो। संसारमा सत्य मात्र त्यो शक्ति हो, जो सधैं संग्रहयोग्य हुन्छ।

हनुमान आफैंमा धेरै बलशाली थिए। एकपटक त्यही बलको घमण्डका कारण सूर्य निल्ने दुस्साहस गरे। यो खबर देवलोकमा पुगेपछि देवताहरुको अपर्झट आपतकालीन बैठक बस्यो। हनुमानले सूर्य नै निले भने त अनिष्ट निम्तिने भो ! देवताहरुको बैठकले हनुमानको घमण्ड निस्तेज गर्ने उपाय निकाल्यो। बैठकको निष्कर्ष थियो- ‘आइन्दा हनुमानलाई कसैले उनको शक्तिका बारेमा सम्झाएपछि मात्र आफ्नो शक्तिको ख्याल हुने अवस्था सिर्जना गरिदिने।’

देवताहरुले हनुमानलाई पत्तै नदिई विवेकीय ढोका बन्द गरिदिएपछि उनको सामर्थ्य एक प्रकारले निर्देशित बन्न पुगेको थियो। सम्भवतः यो अघोषित श्राप हाम्रा नेतामा पनि परेको छ। जब यो देशमा पञ्चायत थियो, यिनै नेताहरु भन्थे- हातमा नेल ठोकिएका छन् र पो ! पञ्चायत गएर बहुदल आयो। त्यसपछि पनि यिनीहरुको घैंटोमा घाम लागेन्। सत्तालाई मापदण्ड बनाएर भुट्भुटिन कहिल्यै छोडेनन्।

राजनीतिका नाममा कांग्रेस र एमालेको दन्तबजानका कारण केही वर्षभित्रै जुन प्रवृत्ति विरुद्ध तीन दशक आन्दोलन गरिएको थियो, तिनै पञ्चहरु राजनीतिको चुह्लो चौकामा पु-याए। सूर्यबहादुर र लोकेन्द्रबहादुरलाई नेता मानेर कांग्रेस, एमाले लाचारीपूर्वक सरकारमा गए। एकातिर यस्तो दृश्य देखिन थाल्यो भने अर्कातिर नेपाली राजनीतिका भीष्म पितामह मानिने गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी तासको जोक्कर जस्तो फाल्टो हुँदै गए। नवप्रवेशी चैतेहरुको पार्टीमा हालीमुहाली बढ्न थाल्यो। यी सबै दृश्य हेरिरहेको माओवादीले जातीय, क्षेत्रीय, शोषण, दमनको मुद्दा उठाएर वितण्डाको विष घोलिदियो। त्यो वितण्डालाई ठीक ठाउँमा ल्याउने नैतिक सामर्थ्य सरकारमा रहेन्।

आखिर ठट्टाठट्टैमा आतंकको ज्वालाले देश तहसनहस् भयो। विधिमा चल्नुपर्ने सिंहदरबार त सच्चिएन भने आतंकलाई हतियार बनाउनेहरुबाट विवेकी निर्णयको अपेक्षा गर्नु आफैंमा सुल्टो कर्म नहुने पक्का थियो। हजारौंको बलिदानपछि देशले अनपेक्षित युटर्न ग-यो। त्यसपछिको राजनीतिक कोर्सले राजाका कारण देश उँभो नलागेको निष्कर्ष निकाल्यो।

जनताले पनि हो मा हो मिलाइदिए। राजा फालिए। गणतन्त्र आयो। तर यो व्यवस्थाले राजनीति यसरी गिजोलियो कि टाउको र फेद नै नचिनिने अवस्था आयो। यतिले पनि नपुगेपछि देशलाई संघीयताको सुरुङमा लगेर विकासका नाममा हजारौं ठूला मानिस जन्माइएको छ। ती ठूला मानिसको व्यवस्थापन फलामको चिउरा बन्दै गएको छ।

जनताले पनि हो मा हो मिलाइदिए। राजा फालिए। गणतन्त्र आयो। तर यो व्यवस्थाले राजनीति यसरी गिजोलियो कि टाउको र फेद नै नचिनिने अवस्था आयो।

नीतिहरुको राजा मानिने राजनीतिमा कुखुरा चोर, काँक्राचोर, बाह्रमासे जुवाडे, गाउँका जाली फटाहाको राजनीतिमा बिगबिगी बढ्यो। मानवीय कर्म नभएर जातजाति, धर्म संस्कृतिलाई राजनीतिको गोटी बनाइयो। हिमालमा बसोबास गर्नेले तराईमा जन्मिएका गौतम बुद्ध र तराईमा रहेकाहरुले हिमालमा रहने महादेवको पूजा अर्चना गर्ने प्राकृतिक सन्तुलनमा धावा बोल्न खोजियो। कार्पेटमाथिको फोहोर मिल्काउने चेष्टा कसैले गरेन, बरु कार्पेटमुनिको फोहोर निकालेर आँखामा हाल्ने दुष्प्रयास गरियो।

राज्यको गाडी चालक हैन, खलासीले हाँक्न खोजे। देश घाँस, चोक्कर नदिने तर लाम्टा मात्र लुछ्ने गौमाता जस्तो बन्दै गयो। प्रचण्डमाला बनाएर देशबाटै महेन्द्रमाला विस्थापित गर्छु भन्ने प्रचण्डपथको क्रान्तिकारी चरित्र लोकमानसिंह, रमेशनाथ पाण्डे, अजय सुमार्गी जस्ता पात्रलाई सल्लाहकार बनाएपछि खरानी भयो।

देशका जनता त के ढुंगा माटो समेत माओवादी भएको घमण्ड पालेका प्रचण्डको नैतिक बल सकिएपछि पछिल्लो समय दौरा, सुरुवाल र भादगाउँले टोपीकै ग्ल्यामरमा क्रान्ति बिसर्जित गर्नुप-यो। सिंहदरबार सेटिङको राष्ट्रिय अखडा बन्न पुग्यो।

देशका जनता त के ढुंगा माटो समेत माओवादी भएको घमण्ड पालेका प्रचण्डको नैतिक बल सकिएपछि पछिल्लो समय दौरा, सुरुवाल र भादगाउँले टोपीकै ग्ल्यामरमा क्रान्ति बिसर्जित गर्नुप-यो। सिंहदरबार सेटिङको राष्ट्रिय अखडा बन्न पुग्यो।

माओवादीहरुको सहर प्रवेश स्यालले कुखुरा झम्टिएभन्दा पर हुन सकेन्। माओवादी लहैलहैमा लागेर राजनीतिको झिटीगुन्टा समेत उसैलाई बुझाएका कांग्रेस, एमालेका नेता चिमोट्दा पनि ऐया भन्न नसक्ने अवस्थामा पुगे। आफ्नो पार्टी के हो र आफू के गर्दैछु भन्ने सामान्य हेक्का पनि उनीहरुलाई भएन्।

आखिर चित परे पनि पोट परेपनि माओवादी देशैभर ‘भाले’ भयो। दोस्रो जनआन्दोलनको म्याण्डेट भनेको देश माओवादी र मधेशवादी नामका दुई अवसरवादीलाई जिम्मा लगाउनु र अरु चाहिँ रमिते हुनु हो भन्ने अघोषित बुझाई समाजमा स्थापित भयो। रुकुम, रोल्पालाई राजनीतिको चारधाम मान्ने तिनै पार्टीका नेताहरु काठमाडौंको रैथानेमा परिणत भएको नाटकका पात्र बनेपछि आफ्नै उद्गमस्थलबाट माओवादी विरानो बन्दै गयो।

जेलमा बसेको एउटा कैदीलाई सिर्कनो र खुर्सानी मध्ये एक रोज्न लगाइएछ। खुर्सानीले राल सिंगान भएपछि उ भन्दो रहेछ, यो भन्दा त सिर्कनो बेस। अनि सिर्कनोले तिघ्रामा छरछरी रगत आएर पोल्न थालेपछि उसलाई फेरि लाग्दो रहेछ, यो भन्दा त खुर्सानी जाति। चुनावबाट नेपाली जनताले फरक स्वाद खोज्लान भन्ने आशा एवं विश्वास पनि म्युजिकल चियर खेलको अध्यायभन्दा न तल गयो, न माथि उक्लियो।