काठमाडौं– लक्ष्मी बर्देवा केवल नायिका मात्रै होइनन् । धेरैले नजरअन्दाज गरेको उनको पाटो निर्देशन पनि हो । बर्देवाले ७० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छन् । चार करिब दर्जन म्युजिक भिडियो त उनै निर्देशनमा बनेका छन् ।
लक्ष्मीसँग एक दर्जनभन्दा बढी नाटकमा अभिनय गरेको अनुभव छ । सोही संख्यामा उनको अभिनय रहेका फिल्म प्रदर्शनमा आएका छन् । सोही अनुभवसाथ बर्देवा हाल स्थापित कलाकार हुन् ।
यो स्थान पाउन फिल्म क्षेत्रको सुरुवाती संघर्षमा मज्जैले पेलिएकी उनलाई हरेक तीता–मीठा ठक्करहरू याद छ । ‘ब्याकग्राउन्ड डान्सर’ बनेर खुट्टा दुख्ने गरी नाच्दा पारिश्रमिक नपाउँदाको क्षण त झन् उनले भूल्ने कुरै भएन ।
उनी घरमा झुठ बोल्दै नाटक सिक्न जान्थिन् । भन्छिन्, ‘त्यसबेला मैले अभिनय बुझ्न कोठा सफा गर्नेदेखि खाजा अर्डर सम्मका काम गरेकी छु ।’
यो सामग्रीमा हामी फिल्म क्षेत्रप्रति विचलित हुँदा हुँदै पनि नायिका बनेकी लक्ष्मीको अभिनय र निर्देशन यात्राबारे चर्चा गर्दैछौं ।
कक्षा सातमा पाएको अवसर
लक्ष्मीको जन्म ललितपुरमा भए पनि उनको बाल्यकाल काठमाडौंको गौरीघाटमा बित्यो । पछि उनको परिवार डेरा सरेर कालोपुल बस्न थाल्यो । तर, उनको मानसपटलमा आउने बाल्यकालका याद गौरीधारा केन्द्रित छन् ।
बाल्यकालदेखि नै साहित्यिक झुकाव राख्ने उनी पढ्न टाठो नै भए पनि कहिल्यै पहिलो स्थानमा नआएको बताउँछिन् । तर कविता, निबन्ध र वादविवादलगायत अन्तरविद्यालय प्रतिस्पर्धामा प्रथम कि दोस्रो भैरहिन् ।
स्कूले विद्यार्थी छँदै उनी नाटक लिएर एउटा स्कुलमा पनि पुगिन् । नाटकबापत ४ हजार रुपैयाँ पनि पाइन् । उनका अरू साथीहरूले पनि १ हजार रुपैयाँका दरले पुरस्कार पाए ।
उनलाई टड्कारो याद आउने स्कुले जीवनको क्षण कक्षा सातमा अध्ययन गर्दाको हो । सात कक्षा उनका लागि विशेष हुनुका कारण थियो – जीवनको पहिलो कमाइ र रेडियो विज्ञापनका आवाज दिने अवसर !
लक्ष्मी बर्देवा सानो छदाँको तस्बिर
‘म सातमा पढ्दा सीविस नामक संस्थामा जोडिएँ । त्यहाँबाट सडक नाटक गर्न सुरु गरेँ । त्यसपछि मलाई विभिन्न कार्यक्रममा नाटक गरेबापत गोजी खर्च आउन थाल्यो । स्कुलको खर्च त्यही संस्थाले दिन्थ्यो । मैले सानैदेखि पैसा कमाउन थालेको हुँ,’ उनी भन्छिन् । यसरी नाटकमा पसेपछि स्कुलको कार्यक्रममा आफैँ नाटक लेखेर खेल्न थालिन् ।
त्यसबेला एसएलसीमा फेल हुँदा आत्महत्या गर्न घटना धेरै हुन्थ्यो । त्यसैबारे उनीले नाटक लेखिन् । आफ्नै कक्षाका साथीहरू कलाकार थिए । एलएससी फेल हुने पात्रको भूमिका अरूले गर्न नमानेपछि उनैले गरिन् । पछि त्यही नाटक लिएर एउटा स्कुलमा पनि पुगिन् । नाटकबापत ४ हजार रुपैयाँ पनि पाइन् । उनका अरू साथीहरूले पनि १ हजार रुपैयाँका दरले पुरस्कार पाए ।
बिहानदेखि नाचेकाले खुट्टा दुखेर गाह्रो भइसकेको थियो । रातिसम्म घर जान पनि नदिएपछि गाह्रो भएर बहिनी रुन लागिन् । सुटिङपछि राति १ बजे पैसा नपाइ उनी घर फर्किइन् ।
आजभन्दा १७ वर्षअघि स्कुले विद्यार्थीले ४ हजार रुपैयाँ पाउनु नै ठूलो कुरा थियो । त्यो भन्दा पनि ठूलो त लक्ष्मीले नाटकको प्रभावबारे बुझ्ने मौका पाइन् । ‘त्यो बेला नाटकको प्रभाव बुझेँ । गीत–कविता गाउँदा एकछिन् ताली पाए पनि नाटक गर्दा वर्षभर याद हुँदो रहेछ,’ बर्देवाले भनिन् ।
सोही कक्षा नाटक हुँदै लक्ष्मी रेडियो विज्ञापनमा स्वर दिन पुगिन्। त्यो एचआईभीबारे जनचेतनामूलक विज्ञापन थियो । आफूले आवाज दिएको त्यो विज्ञापन उनी बाटो हिँड्दा चिया पसलहरुमा सुन्ने गर्थिन् । उनलाई चिन्नेले पनि ‘तिम्रो आवाज रेडियोमा आयो’ भन्थे ।
ब्याकग्राउन्ड डान्सर बन्दाको अनुभव
एसएलसी दिएर बसेको फुर्सदको समयमा लक्ष्मी गोजी खर्च जुटाउन उनी ‘ब्याकग्राउन्ड डान्सर’ का रूपमा नाच्न थालिन् । तर, सो काम उनको मानसपटलमा गुम्सिएर बसेको ठक्कर बन्यो ।
एक्लै जाँदा घरमा गाली खाइन्थ्यो, त्यसैले बहिनीलाई लिएर गइन् । एउटा गीतका दैनिक ५०० रुपैयाँ दिने भनिएको थियो । तीनवटा गीत परिवर्तन भएको थाहा पाइन् । चक्रपथ शंख पार्कमा सुटिङ थियो ।
बिहानदेखि नाचेकाले खुट्टा दुखेर गाह्रो भइसकेको थियो । रातिसम्म घर जान पनि नदिएपछि गाह्रो भएर बहिनी रुन लागिन् । सुटिङपछि राति १ बजे पैसा नपाइ उनी घर फर्किइन् ।
दिदी–बहिनी अलपत्र अवस्थामा देखेर सुटिङमै चिनेको एक व्यक्तिले ३०० रुपैयाँ ट्याक्सी भाडा दिए । बर्देवा दिदीबहिनी ट्याक्सी चढेर गौरीघाटस्थित डेरा पुगे ।
ब्याकग्राउन्ड डान्सर बनेपछि फिल्म क्षेत्रप्रति वितृष्णा फैलिए पनि संयोगले यसै क्षेत्रका मानिससँग भेट भइरह्यो । यही संयोगले उनलाई फिल्ममा अभिनय गर्ने अवसर मात्र जुराएन, आशासमेत जगायो ।
राति १ बजेसम्म नाचेको ५०० रुपैयाँ पारिश्रमिक लिन बर्देवाले मध्यस्थकर्तालाई फोन गर्दा एक हजार रुपैयाँभन्दा बढी ब्यालेन्स खर्च गरिन् । त्यति गर्दा पनि पारिश्रमिक नपाएपछि ‘फिल्म क्षेत्र ढाँटछल गर्नेको स्थान हो’ भनी सुनेको कुरा मनन गर्दै उनले चित्त बुझाइन् ।
बर्देवा भन्छिन्, ‘अहिले पनि मैले त्यस्तै देख्ने गरेको छु । उतिखेर सुटिङ युनिटबाटै ब्याकग्राउन्ड डान्सर पीडित हुनुपर्थ्यो । यिनीहरूलाई जे भन्दा पनि हुन्छ भन्ने त्यस्तो मानसिकता अहिले पनि हावी छ ।’
बर्देवाले हास्यकलाकार बल्छी ध्रुवेसहित परिचित कलाकारसँग विज्ञापनमा पनि ‘ब्याकग्राउन्ड आर्टिस्ट’ को भूमिकामा बिना पारिश्रमिक काम गरिन् । उनी थप्छिन्, ‘साथीको दाइले बनाउने विज्ञापन भनेर गएको थिएँ । पैसा दिन्छु भनेको त थिएन, तर अहिले थाहा भयो – पैसा त आउने रहेछ । सायद त्यहाँ पनि कसैले लियो होला !’
लक्ष्मी बर्देवा
फोटोले जुराएको फिल्मको अवसर
एसएलसी सकेपछि लक्ष्मी विभिन्न ठाउँमा जागिर गर्न गइन् । तर टिक्न सकिनन् । १२ कक्षासम्म पढ्दासम्म उनले कति ठाउँमा जागिर खाइन्, ठ्याक्कै संख्या याद छैन ।
उनी भन्छिन्, ‘शिक्षण, रिसेप्सन, गार्मेट के–के मात्र काम गरिनँ । तर कुनैमा टिक्न सकिनँ । कुनै ठाउँमा दुई महिना, कुनैमा एक महिना, कुनैमा एकदिन मात्रै पनि काम गरेँ ।’
ब्याकग्राउन्ड डान्सर बनेपछि फिल्म क्षेत्रप्रति वितृष्णा फैलिए पनि संयोगले यसै क्षेत्रका मानिससँग भेट भइरह्यो । यही संयोगले उनलाई फिल्ममा अभिनय गर्ने अवसर मात्र जुराएन, आशासमेत जगायो ।
एक दिनको सुटिङको पारिश्रमिक पाँच हजार रुपैयाँ र सँगै लगेको बहिनीलाई पनि दुई हजार रुपैयाँ दिएपछि फिल्म क्षेत्रप्रति उनी आकर्षित भइन् । घरमा गाली गर्दैनन् भनी साथमा लगेकी बहिनीले पनि पैसा पाइन् ।
‘हामी कलेजबाट फर्कंदा चिया पसलमा फिल्म क्षेत्रमा काम गर्ने ३०–३५ उमेरका व्यक्हिरूको समूह आउँथ्यो । ११ मा संकाय प्रथम भएर क्याम्पसले टाँगेको फ्लेक्समा मेरो फोटो त्यो समूहको दाइले देख्नुभएको रहेछ,’ बर्देवाले सुनाइन्, ‘उहाँले मलाई विज्ञापन छ, यस्तो काम छ, गर भन्नुहुन्थ्यो । ब्याकग्राउन्ड डान्सर अनुभवले काम गर्न मन थिएन, एकदिन फिल्ममा भूमिका छ, गर भन्नुभयो ।’
सुरुमा अस्वीकार गरे पनि आमाको सल्लाहअनुसार उनी सो फिल्ममा काम गर्ने निर्णयमा पुगिन् । सो फिल्मको नाम हो– माला ।
सो फिल्ममा काम गर्दा मैले समय गएको पत्तो पाइनन्। एकदमै रमाइलो मानिन् । हिरोइनको साथीको भूमिका थियो, अभिनय पनि सहजै गरिन् । दिउँसै काम सकिए पनि रमाइलो लागेर रातिसम्म बसिन् । उनको काम चाबहिलमै सकियो, तर बुढानिलकण्डको स्टुडियोमा पनि सुटिङ हेर्न गइन् । उनले त्यहीँ पहिलोपटक फिल्म स्टूडियो देखिन् ।
एक दिनको सुटिङको पारिश्रमिक पाँच हजार रुपैयाँ र सँगै लगेको बहिनीलाई पनि दुई हजार रुपैयाँ दिएपछि फिल्म क्षेत्रप्रति उनी आकर्षित भइन् । घरमा गाली गर्दैनन् भनी साथमा लगेकी बहिनीले पनि पैसा पाइन् । रोजगारीमा औषत २५०० रुपैयाँ मासिक तलब हुँदा उनले एक दिनमै पाँच हजार कमाइन् । त्यसपछि उनलाई फिल्मै काम गर्नुपर्ने रहेछ भन्ने लाग्यो ।
फिल्मको भूत सवार
पहिलो फिल्मले नै चस्का लगाइसकेको थियो । अब उनलाई फिल्ममै काम गर्नु थियो । लक्ष्मीले विभिन्न निर्देशकसँग काम मागिन् । त्यस क्रममा उनले भेटेका एक व्यक्तिको नाम भुलिन् । तर, उनले दिएको सल्लाह उनलाई आजको दिनमा पनि याद छ ।
काम माग्ने क्रममा चाबहिलको गोपीकृष्ण हलमा छेउ भेटका ती व्यक्तिले उनलाई भनेका थिए रे, ‘तिमी सानै रहेछौं । यसरी काम माग्दै हिड्यौं भने तिमीलाई भड्खालोमा जाग्ने धेरै छन् । यहाँका धेरै मानिसको नियत ठीक छैन । बरु अभिनय सिक । तिमी काम माग्न हिँड्नुपर्दैन, मेकरहरू आफैं तिमीलाई खोज्दै आउँछन् ।’
अभिनय सिक्ने दृढ इच्छाशक्ति छँदैथियो । गोपीकृष्णमा भेटेका ती व्यक्तिले दिएको नम्बरमा फोन गरेपछि तत्काल कक्षा लिन नपाए पनि नाटकमा जोडिने अवसर मिल्यो ।
ती व्यक्तिले नै अभिनय सिकाउने स्थान र सम्पर्क नम्बरबारे जानकारी दिएपछि उनी मण्डलामा पुगिन् । तर यसबीच घटेको एक घटनामा उनका लागि अविस्मरणीय पाठ बन्यो ।
‘मलाई माला फिल्ममा काम लगाइदिने दाइले एक फिल्मको अडिसनका लागि गोठ्ठाटार लैजानु भएको थियो । तर त्यहाँ अहिलेका चल्तीका निर्देशकबाट मलाई दुर्व्यवहार प्रयार भयो । नराम्रो घटना भएन, म मुस्किलले भाग्न सफल भएँ,’ बर्देवा भन्छिन् ।
यो घटनाले बर्देवालाई फिल्म क्षेत्रप्रति फेरि वितृष्णा पैदा गरायो । तर अन्य जागिरमा जस्तै नटिक्ने बानी अभिनयमा नदोहोरियोस् भन्ने डर पैदा भइरह्यो ।
हेरेर नाटक सिक्ने अवसर
अभिनय सिक्ने दृढ इच्छाशक्ति छँदै थियो । गोपीकृष्णमा भेटेका ती व्यक्तिले दिएको नम्बरमा फोन गरेपछि तत्काल कक्षा लिन नपाए पनि नाटकमा जोडिने अवसर मिल्यो ।
उनले दुईवटा नम्बर पाएकी थिइन् । पहिलो नम्बरमा फोन गर्दा कक्षा सञ्चालन हुने ठेगान छैन भन्ने जवाफ पाइन् । औपचारिक कुरा भयो । दोस्रो नम्बरमा फोन गर्दा पनि सोही कुरा दोहोरियो । तर उनले अनि अनौपचारिक कुरा सोधे ।
‘दोस्रो व्यक्ति आशान्त शर्मा रहेछन् । उनीसँग अलि सहज महसुस भयो । उनले कक्षा सुरु भएपछि फोन गर्छु भने ।’ बर्देवाले भनिन् ।
एक दिन आशान्त शर्माले फोन गरेर एउटा नाटक निर्माण प्रक्रियामा सहभागी हुने अवसर सुनाए । त्यसपछि उनले पहिलोपटक नाटकलाई नजिकबाट नियाल्न पाइन् ।
चिनेका दाइहरूलाई नाटकमा स्वयंसेवक राख्न अनुरोध गरिन् । नाटकका विद्यार्थीलाई मात्र मिल्छ भन्ने जवाफ पाइन् । अनि घरमै बसिन् ।
‘मण्डला थिएटर नजिकै नाटकको काम भएको थियो । आशान्त सरले हेरेर पनि धरै कुरा सिकिन्छ भनेर लैजानुभएको थियो । उहाँले सहयोगी (असिस्टेन्ट) भनेर चिनाउनुभयो,’ उनी भन्छिन्, ‘मैले त्यहाँ कोठा सफा गर्नेदेखि खाजा अर्डर गर्नेसम्मका काम गरेँ । नाटकमा चाहिँ प्रम्टको काम पाएको थिएँ ।’
प्रम्ट गर्दा संवाद कण्ठ भएको देखेर सोही नाटक ‘उम्बुक ल्यान्डको मुठभेट’को सानो भूमिकामा खेल्ने अवसर पनि पाइन् ।
‘घरमा अनामनगरमा जागिर छ भनेको थिएँ । पछि घरमा थाहा पाएर यही कुरामा विवाद पनि भयो,’ उनी भन्छिन्, ‘नाटकमा मेरो लगाव देखेर उहाँहरूले त्यो भूमिका दिनुभयो ।’
नाटकको लगाव देखेर त्यहीबाट फिल्म ‘धूलो’मा सानो भूमिकामा अभिनयको अवसर मिल्यो । पहिलो नाटक सकियो । उनलाई अब के गर्न भन्ने अन्योल भयो ।
चिनेका दाइहरूलाई नाटकमा स्वयंसेवक राख्न अनुरोध गरिन् । नाटकका विद्यार्थीलाई मात्र मिल्छ भन्ने जवाफ पाइन् । अनि घरमै बसिन् ।
मण्डलाको तेस्रो ब्याच
लक्ष्मी मण्डला नाटकघरको तेस्रो ब्याचकी उत्पादन हुन् । ‘धूलो’ फिल्मका निर्देशकले म्युजिक भिडियोमा अभिनय निम्ति गरेको प्रस्ताव अस्वीकार गरेर घर फर्कने क्रममा अडिसनका लागि मौका जुरेको उनी सुनाउँछिन् ।
‘पहिलो नाटक सकेर घरमा बसिरहेको बेला म्युजिक भिडियोको कुरा गर्न अनामनगर गएको थिएँ । कुरा मिलेन फर्कने बेला त्यही नाटकमा चिनेको राजन खतिवडा दाइलाई भेटेँ,’ उनले भनिन्, ‘तिमी नाटकमा काम गर्छु भन्ने, नम्बर नछोड्ने ! कोहीसँग नम्बर छैन ।’
राजन हतारमा थिए । टिकट काटेर मण्डला छिर्न भने । के–किन भनेनन् ।
मण्डलामा अभिनय सिकेपछि भने पछाडि फर्केर हेर्नु नपरेको उनी बताउँछिन् । रेडियो नाटकमा काम गर्ने अवसर पाएपछि आर्थिक पाटो सहज बन्दै गएकाले अभिनयमा एकाग्र भएर लाग्न पाएको उनलाई महसुस हुन्छ ।
मण्डला छिर्दा तेस्रो ब्याचका लागि वरिष्ठ रंगकर्मी सुनील पोखरेलले अडिसन लिएरहेको थाहा पाइन् । साथमा १२० रुपैयाँ थियो, १०० रुपैयाँको टिकट काटिन् । अडिसन दिइन् । नाटक सिक्ने भइन् ।
तर २० हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने भयो । तनावमा परिन् । ‘फेरि राजन दाइलाई पैसा छैन, यो त मेरो लागि ठूलो पैसा हो भनेर भनेँ । उहाँले चिन्ता नगर आधा दिनू, सकेनौं भने त्यो पनि पर्दैन भन्नुभयो,’ बर्देवाले भनिन्, ‘साथीसँग पनि कुरा सुनाएँ । उसले शुल्कमा लागि १० हजार र खाजा खान ५ हजार रुपैयाँ दियो, अनि मण्डलामा कक्षा लिएँ ।’
मण्डलामा अभिनय सिकेपछि भने पछाडि फर्केर हेर्नु नपरेको उनी बताउँछिन् । रेडियो नाटकमा काम गर्ने अवसर पाएपछि आर्थिक पाटो सहज बन्दै गएकाले अभिनयमा एकाग्र भएर लाग्न पाएको उनलाई महसुस हुन्छ ।
दुईवटा रेडियो कार्यक्रममा नाटक गर्थिन् । खर्च धान्न पुग्ने रकम आउँथ्यो ।
अभिनय यात्रा
मण्डलामा सुनील पोखरेललेसँग थोरै समयमा धेरै कुरा सिक्नुपर्छ भन्ने लाग्यो । सक्दो मेहनत गरी अभिनय पढिन्/सिकिन् ।
लक्ष्मी भन्छिन्, ‘सुनील सरले मण्डलामा पढाएको हामी पहिलो र एक्लो ब्याच हो । जति सक्दो धेरै सिक्नुपर्छ भनेर स्नातकको परीक्षा दिएर सोही दिन नै म मण्डलमा पुगेको छु । मेरो उद्देश्य नै उहाँबाट जतिसक्दो बढी शिक्षा लिने थियो ।’
मण्डलाबाट पढाइ सकेपछि नाटकमा व्यस्तता बढ्दै गयो । करिब ४ वर्ष रङ्गमञ्चमा व्यस्त रहेपछि सन् २०१७ मा प्रदर्शनमा आएको चलचित्र ‘घामपानी’ मा प्रस्ताव आयो । उनी पुनः फिल्ममा फर्किइन् ।
उनले बुझिन् – एक समयमा पुगेपछि पैसा चाहिने रहेछ । नाटकमा पैसा थिएन । अनि फिल्ममै फर्किइन् । नाटक अध्ययनले काम गर्ने सहज भयो ।
फिल्ममा व्यस्तता बढेसँगै म्युजिक भिडियो अभिनय र निर्देशनमा पनि हात हालिन् । त्यसपछि आर्थिक पक्षमा पनि चिन्ता गर्नुपरेन ।
उनको केन्द्रीय भूमिका रहेको चार फिल्म प्रदर्शनमा आएका छैनन् । केही फिल्म प्रदर्शनमा आउने/नआउनेबारे नै उनी शंका गर्छिन् । केहीको प्रदर्शन मिति भने छिट्टै घोषणा हुने उनी बताउँछिन् ।
सुरुमा पैसा चाहिएकाले निर्देशन गरेको म्युजिक भिडियोमा अरूको नाम गयो, काम भने उनैले गरेकी थिइन् । यसरी काम गर्दा पछि विभिन्न असमझदारी निम्तने जोखिम देखेपछि आफैंले बनाउन थालिन् । उनले निर्देशन र अभिनय गरेको म्युजिक भिडियो ४६ भन्दा बढी छन् । अभिनय मात्रै गरेको ३५ भन्दा माथि छन् ।
लक्ष्मीको अभिनय रहेको १ दर्जनभन्दा बढी फिल्म प्रदर्शनमा आए । ती फिल्ममा उनको सहायक भूमिकामात्रै थियो ।
‘बुलबुल’ मा सानो भूमिकामा भए पनि फिल्ममार्फत आफूलाई धेरै दर्शकले चिनेको लक्ष्मी बताउँछिन् । फिल्म ‘डम्मरुको डन्डीबियो’ले अभिनय यात्रामा थप सहयोग पुर्याएको उनलाई लागेको छ ।
उनको केन्द्रीय भूमिका रहेको चार फिल्म प्रदर्शनमा आएका छैनन् । केही फिल्म प्रदर्शनमा आउने/नआउनेबारे नै उनी शंका गर्छिन् । केहीको प्रदर्शन मिति भने छिट्टै घोषणा हुने उनी बताउँछिन् ।
उनी भन्छिन्, ‘म केन्द्रीय भूमिकामा भएको बिच्छेद, हामी तीन भाइ र शक्ति फिल्म छिट्टै प्रदर्शनमा आउँछ । अनन्त के कुरामा अड्कियो मलाई पनि थाहा छैन ।’