खेलकुद

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टिम

By खबरहब

April 26, 2024

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ टिम अभ्यासमा जुटेको छ । शनिबारदेखि नेपालसँग हुने ५ खेलको टी-२० सिरिजको  तयारीका लागि वेस्ट इन्डिज ए ले टियु मैदानमा अभ्यास गरेको छ ।

यस सिरिजका लागि वेस्ट इन्डिज ए को टिम बुधबार काठमाडौं आइपुगेको हो ।

सार्बजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाँचौ ४ मे मा हुने छ । टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपराह्न १ बजेदेखि शुरु हुने छन् ।