समाचार

गृहमन्त्रीको निर्देशन – ‘प्राकृतिक प्रकोपका घटनामा केन्द्रको आदेश कुरेर नबस्नू’

By खबरहब

April 26, 2024

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्राकृतिक प्रकोपका घटनामा केन्द्रको आदेश कुरेर नबस्न निर्देशन दिएका छन्  ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री लामिछानेले प्राकृतिक प्रकोपका घटनामा केन्द्रको आदेश/निर्देश कुर्दा उद्धार लगायत काममा ढिलाइ हुने र क्षति पनि धेरै हुन सक्ने भएकाले केन्द्रको निर्देशक कुरेर नबस्न भनेका हुन् ।

उनले घटना भइसकेपछि तत्काल राहत वितरणको विषयमा आफूले यसअघि नै आवश्यक निर्देशन दिइसकेको भन्दै कुनै पनि प्रशासनले तत्काल दिने राहतमा ढिलाइ नगर्न समेत आग्रह गरे ।

आपतका बेला दुई–चार सय नागरिकलाई खुवाउनै नसक्ने अवस्थामा सरकार नरहेको र पर्याप्त स्रोत परिचालन गरेको उनले बताए । प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण निम्ति यसअघि भएका गल्तीलाई नदोहोर्‍याउने गरी आवश्यक तयारी गर्न जरुरी रहेको गृहमन्त्री लामिछानेको भनाइ थियो ।