मनोरञ्जन

टेलिसिरियल ‘ठूल्दिदी’ निर्माण हुने 

By खबरहब

April 26, 2024

काठमाडौं– प्रज्ञा फिल्मस्को प्रस्तुतिमा नयाँ टेलिसिरियल ‘ठूल्दिदी’ निर्माण हुने भएको छ । सो सिरियलको शुक्रबार राजधानीमा शुभ मुहूर्त गरिएको छ ।

टेलिसिरिजमा प्रज्ञा जोशी, विष्णु रिजाल, माधवा खनाल, आमिश्का बुढाथोकी, विमल धमला र विनयराज पौडेललगायतको अभिनय रहनेछ । निर्देशन भने प्रज्ञा स्वयंले गर्ने बताइएको छ ।

सिरिजमा लय संग्रौलाको लेखन र गीत, विकास चौधरीको संगीत, प्रिया नगरकोटीको श्रृंगार, विमल धमलाको प्रोडक्सन र मदन कश्यप घिमिरेको छायांकन हुने बताइएको छ ।

निर्माण पक्षले छिट्टै प्रशारणबारे थप जानकारी दिने बताएको छ । प्रज्ञाले यसअघि ठूलो पर्दाका चलचित्र ‘सम्झना’, ‘नोटबुक’, ‘सपुत’, ‘न बिर्से तिमीलाई’लगायतका फिल्म निर्माण गरेकी छन् ।

जोशीले यसअघि निर्माण गरेको टेलिसिरियल ‘सिन्दूर’ लोकप्रियता कमाउन सफल भएको थियो ।