फाइल फोटो

देश/प्रदेश

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

By खबरहब

April 26, 2024

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित लेनदेन (मिटरब्याज) पीडितले गुनासो गरेका छन् ।

शुक्रबार सिरहाको लहानमा पत्रकार सम्मेलन गरी मिटरब्याजपीडितहरूले सरकारसँग भएको सहमति कार्यान्वयन नभएकाले फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै गुनासो गरे ।

मिटरब्याजपीडित सङ्घर्ष समितिका सङ्योजक मनोजकुमार पासवानले सरकारले पटकपटक सहमति गरे पनि कार्यान्वयनका लागि ठोस् पहल नगरेको आरोप लगाए । उनले उल्टै मिटर ब्याज पीडितलाई स्थानीय प्रशासनले दुःख दिने काम गरिरहेको उनको भनाइ छ ।

समस्या समाधानको काम प्रभावकारी ढङ्गले अगाडि नबढाइए फेरि आन्दोलन गर्ने पीडितहरूको चेतावनी छ ।