खेलकुद

एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडलाई

By खबरहब

May 26, 2024

काठमाडौं– एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २–१ गोलले हराउँदै म्यानचेस्टर युनाइटेडले यस सिजनको उपाधि जितेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचो र कोबी माइनूले एक–एक गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर सिटीका लागि जेरेमी डोकुले एक गोल फर्काएका थिए ।

म्यानचेस्टर युनाइटेडले गत सिजनको एफए कप फाइनलमा म्यानचेस्टर सिटीसँग २–१ ले हारेको बदला यस सिजनमा जस्ताको तस्तै लिएको छ ।

यो जितसँगै म्यानचेस्टर युनाइटेडले अहिलेसम्म १३ पटक एफए कपको उपाधि जितेको छ । अहिलेसम्म सबैभन्दा बढी एफए कपको उपाधि भने आर्सनलले १४ पटक जितेको छ ।