राजनीति

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

By खबरहब

May 26, 2024

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

केन्द्रीय कार्यालय हाँडीगाउँमा बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, स्थानीय तहहरूको अधिवेशन, संगठन सुदृढीकरणका साथै सक्रिय सदस्यता वितरण अभियानबारे छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकले केन्द्रीय कार्य समितिको बैठकको मिति तय गर्नुका साथै बैठकमा पेस हुने कार्यपत्र र प्रतिवेदनहरू समेत पास गर्नेछ ।

बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र, महामन्त्रीद्वय भाष्कर भद्रा र बर्तौलाले क्रमशः सचिवालय र संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको गौतमले जानकारी दिए ।