राजनीति

देउवालाई भेट्न प्रधानमन्त्री दाहाल बूढानिलकण्ठमा

By खबरहब

May 26, 2024

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानिलकण्ठ पुगेका छन् ।

काग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै लगातार संसद बैठक अवरुद्ध गर्दै आएको अवस्थामा प्रधानमन्त्री दाहालल देउवालाई भेट्न पुगेका हुन् ।

सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम छलफल गरी पारित गर्ने तयारी गरेको छ । प्रधानमन्त्री दाहाल संसदको गतिरोध समाधनको छलफलका लागि विपक्षी दलका नेता देउवालाई भेट्न गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

दाहाल  जानु अघि देउवाले उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक, संसदीय समितिको कार्यादेश बनाउने जिम्मा पाएको कार्यदलमा रहेका सहमहामन्त्री जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्कीलाई छलफलका लागि बूढानीलकण्ठ बोलाएका थिए ।