अन्तर्राष्ट्रिय

भारतको गुजरातस्थित मनोरञ्जन पार्कमा आगलागी, २७ जनाको मृत्यु

By खबरहब

May 26, 2024

काठमाडौं– भारतको पश्चिमी राज्य गुजरातस्थित एक मनोरञ्जन पार्कमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । आगलागीमा परी थुप्रै घाइते भएका छन् ।

राजकोटका प्रहरी आयुक्त राजु भार्गवका अनुसार गुजरातको राजकोट मावारोडस्थित मनोरञ्जन गतिविधिहरूको हब ‘टीआरपी गेमिङ जोन’ मा भएको आगलागीमा परी अहिलेसम्म २७ जनाको मृत्यु भएको छ ।

मृत्यु भएकामा केही बालबालिका पनि रहेको बताइएको छ । मृत्यु भएकाको शव परीक्षणका लागि अस्पतालमा पठाइएको छ । उनीहरूको मृत शरीर परीक्षणका लागि अस्पताल पठाइएको छ।’

मनोरञ्जन स्थलमा युवायुवतीको ठूलो भीड लागेको बेलामा आगलागी हुँदा कोलाहल मच्चिएको थियो । गेम जोनमा वैकल्पिक ढोका नहुँदा थुप्रै मानिस भवनको भग्नावशेषमा फसेको आशंका गरिएको छ ।

आगलागिको धुवाँ पाँच किलोमिटर टाढासम्म फैलिएको थियो । आगलागीको कारण भने अहिलेसम्म थाहा हुनसकेको छैन।